१० असार २०८२/ सल्यान
सल्यान बागचौर नगरपालिकाको एक बिधालयमा ५१ हजारको अक्षयकोष स्थापना गरिएको छ ।
श्री नवीन भवानी आधारभुत बिधालय बागचौर नगरपालिका वडा नं.६ देउरालीडाडामा स्वर्गीय बुवा आमाको सम्झनामा स्थानीय सर्वजित वलीको परिवारले उक्त अक्षयकोष स्थापना गर्नु भएको हो ।
सोमबार बिधालयमा एक कार्यक्रमको आयोजना गरि आमा देविसरा वली र बुवा बिक्रम वलीको सम्झनामा ५१ हजार राशी रहेको अक्षयकोष स्थापना गरिएको छोरा सर्वजीत वलीले बताउनु भयो ।
वलीले बुवा बितेको १ वर्षको दिन पारेर गाउँमा रहेको विद्यालयमा जेहेन्दार, गरिव विपन्न बालबालिकालाई पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको बताउँनु भयो ।उहाँले बिद्यार्थीको भविष्यलाई सुनौलो पार्ण उक्त अक्षयकोषले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।अक्षयकोष गुणस्तरीय शिक्षाका लागि एक आधार स्तम्भ भएको र यसले बिद्यार्थीको पढाइ प्रतिको लगनशीलता लाई समेत बढावा गर्ने भएकाले आफ्नो परिवार को सल्लाह अनुसार अक्षयकोष स्थापना गरिएको बताउनु भयो ।
अक्षयकोष स्थापनार्थ वलीको परिवारले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नगद रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो । रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम बस्नेतले आर्थिक अभावकै कारण पढन् पाउने अधिकारबाट बञ्चित बालबालिका लाई सहज हुने बताउनु भयो । उहाँले यस प्रकारको सामाजिक कार्यले सबैलाई सकारात्मक प्रेरणा प्रदान गर्ने समेत बताउनु भयो ।
अक्षयकोष स्थापना कार्यक्रममा बिधालय परिवार,अक्षकोष दाताका परिवार लगाएत स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।
