१० असार २०८२/ सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी
लागी ४५ करोड ८४ लाख ४१ हजार ५ सय ८४ रुपैया बजेट विनियोजन गरेको छ ।

सोमबार भएको गाउँसभाको १७ औ अधिवेशनमा आगामी बर्षको नीति कार्यक्रमका साथ उक्त बजेटलाई सार्वजनिक गरिएको हो ।
आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्य आन्तरिक राजस्वबाट ५९ लाख ३ हजार, संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ८ करोड १७ लाख, राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम ८ करोड २३ लाख ३६ हजार ५ सय प्राप्त हुनेछ । सशर्त अनुदान चालु तर्फ १५ करोड ३७ लाख, सशर्त अनुदान पुजिगत २ करोड १६ लाख, विशेष अनुदान ५४ लाख, समपुरक अनुदान तर्फ ८६ लाख स्रोच परिचालन गरिनेछ ।
साथै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान ९८ लाख ५२ हजार, राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम १४ लाख ९५ हजार १ सय, सर्शत अनुदान चालु तर्फ ८ लाख ५० हजार र सर्शत अनुदान पुजिगत तर्फ १ करोड ३५ लाख साथै संघीय सरकारको सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख स्रोत परिचालन गरिनेछ ।
अन्य संघ संस्था तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटलाई प्राप्त भएपछि समावेश गरी बजेटको एकिकृत रुप तयार गरिने जनाइएको छ ।
गाउँसभाको १७ अधिवेशनमा पेश गरिएको नीति कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि उपाध्यक्ष सीता खड्का पुनले पेश गरेको बजेटमा जानकारी दिईएको हो ।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले प्रस्तुत गरेको नीति कार्यक्रममा आर्थिक विकास तर्फ कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमलाई निरन्तरतामा राखेको पालिकाले “घरघरमा उन्नत पशु हातहातमा क्यान, टोलटोलमा संकलनकेन्द्र दूध उत्पादनमा ध्यान” भन्ने मुल उद्देश्य राखि दूध संकलन केन्द्र र पशु खरिद कार्यक्रमलाई अगाडि बढाउने नीति लिएको छ ।

त्रिवेणीको अठोट पकेट क्षेत्रमा जोड भन्ने नारा सहित पकेट क्षेत्र विस्तार तथा निर्माणको लागि कार्यक्रम संचालन गर्ने नीति कार्यक्रममा सिचाइ सुविधाको विस्तार, कृषि उत्पादनमा वृद्धिको आधार भन्ने नारा सहित रिचार्ज पोखरी निर्माणको कार्यक्रम विस्तार गरिनेछ ।
पर्यटन तर्फ घुम्न जाँउ त्रिवेणी नारालाई निरन्तरता दिएको त्रिवेणीले नागरिकसंगको समन्वयमा होमस्टे निर्माणको कार्य प्रारम्भ गर्नेछ ।
शिक्षा यूवा तथा खेलकुद तर्फ उत्कृष्ट र सुरक्षित शिक्षालय मेरो विद्यालय, अध्यक्ष संग विद्यार्थी कार्यक्रम, अध्यक्ष छात्रवृत्ति, खेलकुदका कार्यक्रमका साथ युवा परिषद्को सहयोगमा नमुना युवा सभा जस्ता कार्यक्रम संचालन गरिनेछ ।
स्वास्थ्य पोषण तर्फ सुरक्षित आमा, सुपोषित सन्तान जस्ता कार्यक्रम लिएको पालिकाले खानेपानी तथा सरसफाई तर्फ ग्रिन एण्ड क्लिन त्रिवेणी देखि सुन्दर र, हराभरा त्रिवेणी गाउँपालिका, मेरो गाउँ आफै सफा गर्ने प्रतिवद्धता जस्ता नीति लिएर कार्यक्रम गरिनेछ ।
सामाजिक समावेशीकरण तर्फ बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित वालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त पालिका स्थापना गरिनेछ ।
कला संस्कृतितर्फ पालिका स्तरिय कला संस्कृति संग्राहलय निर्माणको नीति लिएको त्रिवेणीले सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फ अनलाइन प्रणालीलाई व्यवस्थित गर्ने नीति लिएको छ भने पुर्वाधार विकास तर्फ दिगो सहर, सुव्यवस्थित पूर्वाधारको नीति लिएको छ । जस अन्तरगत २ किलोमिटर सडक पक्कि कालोपत्रे तथा ५ किमी पक्की नाला सहित ग्रावेल गरिनेछ भने सडक निर्माण तथा स्तरोन्नति गर्दा अनिवार्य ठेक्का प्रणाली लागू गरिनेछ ।
विद्युत तथा वैकल्पिक उर्जाको विषय पनि नीति कार्यक्रममा समेटेको त्रिवेणीले आवास भुउपयोग तथा बस्ती विकास तर्फ नयाँ निर्माण हुने घरहरूलाई नक्सापासको मापदण्ड लागू गर्नेछ ।
नीति कार्यक्रममा सूचना तथा संचार, उपभोक्ता हित संरक्षण जस्ता कार्यक्रमलाई समेट्दै वन वातावरण तथा विवद् व्यवस्थापन तर्फ गौशाला निर्माण देखि रूख रोपौ वातावरण जोगाअौ जस्ता कार्यक्रम गर्नेछ ।

भूमि व्यस्थापनको नीति पनि राखेको पालिकाले संस्थागत विकास तथा सुशासन अन्तरगत गाउँपालिकावासीको चहाना सुशासनयुक्त गाउँपालिकाको स्थापना नीति अवलम्बन गरेको छ ।
आर्थिक प्रशासन देखि कानुन मामिला तथा न्यायिक समितिको नीति लिदै राजस्व परिचालन अन्तरगत तिरौ कर, बनाअौं विकसित सहर सहित आन्तरिक व्वस्थापन तथा खरिदको लागि नीति तय गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी सहित सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो भने गाउँ सभामा २ विधेयक र २ प्रतिवेदन पनि पेश गरिएको हो ।
न्यायिक समितिको प्रतिवेदन मोहन केसी, लेखा समितिको प्रतिवेदन कुल बहादुर पुन, आर्थिक विधेयक दल बहादुर बस्नेत र विनियोजन विधेयक विमल रावतले पेश गर्नु भएको थियो ।