अनिवार्य अवकाश पाएका शिक्षक केसी द्वारा बिधालयमा अक्षयकोष स्थापना

४ असार २०८२/ सल्यान

सल्यानमा एक शिक्षकले आफु अवकाश भए संगै १ लाख माथीको अक्षयकोष स्थापना गर्नु भएको छ ।

श्री जनज्योति माध्यामिक विधालय दार्मा गाउँपालिका ३ फारुला बाट आफ्नो सेवा अवधि पुर्‍याएर अनिवार्य अवकाश लिनु भएका शिक्षक केशव के.सी.ले सोही विधालयमा १ लाख १ हजारको हरिलाल हस्तकला अक्षयकोष स्थापना गर्नुभएको हो ।

४१ बर्ष ७ महिना २० दिन नियमित रुपमा शिक्षण पेशामा रहनु भएका केसीलाई मंगलवार बिधालय परिवारले बिदाइ गरेको हो ।
विदाई कार्यक्रममा बोल्दै शिक्षक केसीले आफू एक भाग्यमानी शिक्षक भएको बताउँनु भएको छ ।करिव ४२बर्ष सम्म आफ्नै घर आगनको बिधालयमा अध्यापन गराउने अवसर मिलेको र आफुले पढाएका बिद्यार्थीहरुले सरकारी निकायमा नाम निकाल्नुका साथै अन्य विभिन्न क्षेत्रमा समेत सहभागी भएको पाउँदा आफ्नो लगानीले सार्थकता पाएको बताउँनु भयो ।

आफ्नो कार्यकालमा शिक्षक,बिद्यार्थी,अभिभावक र अन्य सरोकारवाला निकाय संग समन्वयात्मक भुमिका खेलेको क्षण लाई स्मरण गर्दै शिक्षक केसीले कम उम्मेरमै शिक्षण पेसामा जाेडिनु, प्रथम श्रेणिमा अवकाश हुनु, तीन पुस्ताका विद्यार्थीलाई शिक्षण गराउनुले आफुलाई खुसी मिलेको बताउनु भयो ।

केसिले बिधालयको प्रगतिका लागि आगामी दिनमा समेत सक्दो सहयोग गर्ने भन्दै आफुले स्थापना गरेको अक्षयकोषको व्याजबाट
प्रत्येक बर्ष उक्त बिधालयमा अध्यन गर्ने आर्थिक अवस्था कमजोर भएका,बुवा आमा गुमाएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने बताउनु भयो ।२०४० सालमा अस्थायी रुपमा शिक्षण पेशामा आवद्ध केसी २०४४ सालमा स्थायी बन्नु भएको थियो उहाँले विदाइ पछिकाे आफ्नाे जिवन सामाजिक सेवामा सार्पित गर्ने समेत बताउनु भयो ।

 

 

बिदाई कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले शिक्षक केशव केसीले दार्माको शैक्षिक बिकासको क्षेत्रमा खेलेको भुमिका स्मरणीय रहेको बताउनु भयो ।उहाँले सकारात्मक सोचका धनी केसीले शिक्षा क्षेत्रमा गरेको लगानीको मुल्यांकन दार्मा बासीले गरिसकेको बताउनु भयो ।अध्यक्ष केसीले शिक्षण पेशाबाट अनिवार्य अवकाशको जीवन अझै प्रगतीमय बन्ने अवसर मिलोस भनेर शुभकामना दिनु भएको थियो ।

श्री जनज्योति माध्यामिक बिधालय फारुलाका बिधालय व्यवस्थापन समितिका अध्यक्ष सेतिराम राेकाहाकाे अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा शिक्षक,बिद्यार्थी,अभिभावक लगाएत स्थानीय वासीको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रधानाध्यापक मीन बहादुर वलिले गर्नुभएकाे हो ।

प्रतिक्रिया दिनुहोस