लक्ष्मी सनराइज बैंक श्रीनगर शाखा द्वारा वृक्षरोपण सम्पन्न

१ असार २०८२/ सल्यान

लक्ष्मी सनराइज बैंक श्रीनगर शाखाले वृक्षरोपण गरेको छ ।

बैंकले शनिबार शारदा नगरपालिका वडानं.१२को वडा कार्यालय परिसर र शिव माध्यामिक बिधालय मुलडाडाको परिसरमा वृक्षरोपण गरेको हो ।वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्य गरेको लक्ष्मी सनराइज बैंकका श्रीनगर शाखाका प्रबन्धक राजकुमार शाहले जानकारी दिनुभयो ।उहाँले वातावरणीय चेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वासका साथ विभिन्न प्रजातिका करिब एकसय विरुवा दुई स्थानमा रोपिएको बताउँनु भयो ।

 

वडा कार्यालय र विधालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपेकोमा शारदा नगरपालिका वडानं.१२ का वडा अध्यक्ष सुरेन्द्र बुढामगरले बैंक परिवारलाई धन्यवाद दिनु भयो ।उहाँले लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा बाहेक सामाजिक कार्यमा समेत सक्रिय रहेको देख्दा खुसी लागेको बताउनु भयो । वडा कार्यालय र बिधालयमा रोपिएका बिरुवाहरुलाई आफुहरुले संरक्षण गर्ने वडा अध्यक्ष बुढामगरले बताउनु भयो ।

 

बृक्षारोपण कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बुढामगर, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाथोकी, विद्यालयका शिक्षक तथा अभिभावक, बैँकका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस