सामुदायिक बनले गर्‍यो उपभोक्ताहरुलाई बाख्रा वितरण

२७ जेष्ठ २०८२/ सल्यान

सल्यानको एउटा सामुदायिक वनले उपभोक्ता लाई बाख्रा वितरण गरेको छ ।

जिल्लाको शारदा नगरपालिका वडानं.९ मा रहेको
नयाँबस्ती सामुदायिक वनले आफ्ना २३ घर धुरी उपभोक्ताहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको हो ।

सामुदायिक बनको आयस्रोत बाट,उपभोक्ताहरुको आयस्रोत वृद्धि गर्नको लागि ५ लाख बराबरको बाख्रा वितरण गरिएको नयाँ वस्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर थापाले बताउँनु भयो ।उहाँले सामुदायिक वनका उपभोक्ताहरुकोहरुको आर्थिक अवस्थालाई वृद्धि गर्नको लागी बाख्रा वितरण गरिएको बताउँनु भयो ।

बाख्रा पालन गर्ने रहर हुँदा हुँदै पनि आर्थिक अभावका कारण किन्न नसकेको र समूहले बाख्रा उपलब्ध गराए पछि आफुहरुमा खुसी छायको र बर्षौ देखीको बाख्रा पालन गर्ने सपना पुरा भएको सहभागी उपभोक्ताहरुले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस