लागु औषध दुर्व्यसन न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धि चेतनामूलक कार्यक्रम सुरु

२५ जेष्ठ २०८२/ सल्यान

सल्यानको दार्मा गाउँपालिकामा लागु औषध दुर्व्यसन न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धि चेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

शनिबार दार्मा गाउँपालिकाको फारुलामामा भएको कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले लागू औषध दुर्व्यसनमा नलाग्न सहभागी लाई अनुरोध गर्नु भएको हो ।उहाँले लागु औषध दुर्व्यसनले सम्बन्धित व्यक्तिको जिवनमा नकारात्मक समस्याहरु बल्झिने र सामाजिक रुपमा समेत अपहेलित हुनु पर्ने भएकाले त्यसमा सचेत रहनु पर्नेमा जोड दिनु भयो ।दार्मा गाउँपालिकामा लागु औषध दुर्व्यसनको समस्या नदेखिएपनी आगामी दिनमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सवै सचेत रहनु पर्ने बताउनु भयो ।दुर्व्यसनले सडक घटनामा समेत वृद्धि गर्दै गएको कुरा उल्लेख गर्नु भयो ।

सहभागीहरुलाई प्रशिक्षण दिदै सल्यान जिल्ला प्रहरी प्रमुख केशर न्यौपानेले लागु औषध दुर्व्यसनले समाजमा भयावह अवस्था आउन सक्ने सम्भावना भएकाले त्यसलाई कम गर्न सवै नागरिक सचेत हुनु पर्ने बताउँनु भयो ।उहाँले लागू औंषध दुर्व्यसनले समाजमा विभिन्न खाले घटनाहरु घट्नेक्रममा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्न आफुहरु लागि परेको बताउँनु भयो ।
गाँजा,चरेस,मादक पदार्थ लगायत अन्य नसालु पदार्थले मानसिक रुपमा भ्रमण सृजना गर्ने भएकाले सवै खाले घटनामा वृद्धि हुने बताउनु भयो ।लागू औंषध दुर्व्यसनले हुने वेफाइदा,त्यसको दृर्घकालिन असर,सडक दुर्घटना र कानुनी उपचारको बारेमा प्रहरी प्रमुख न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको हो ।

यस्तै कार्यक्रमको बारे सहभागीहरु लाई जानकारी गराउदै डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी.ले,लागु औषध दुर्व्यसन र सडक दुर्घटना लाई न्यूनीकरण गर्न आफुहरु बिगत देखीनै लागि परेको बताउँनु भयो ।उहाँले आज देखि दार्मा गाउँपालिका भित्रका ६ वटा माध्यमिक बिधालयका बिद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धि प्रशिक्षण दिने बताउनु भएको हो ।

डेभलपमेन्ट सोसाइटी नेपालको आयोजना र दार्मा गाउँपालिकाको सहयोगमा संचालित उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस