१९ जेठ २०८२/ सल्यान
सल्यानमा भागिराम घर्ती मागर स्मृति भवन उद्घाटन गरिएको छ ।
जिल्लाको शारदा नगरपालिका वडानं.१३ अत्तरकाडामा उक्त भवन उद्घाटन गरिएको हो ।
स्वर्गीय आफ्ना बुवाको सम्झना छोरीहरुले निर्माण गरेको उक्त भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले समाज परिवर्तन गर्न छोरीहरुले पनि अतुलनीय भुमिका खेल्न सक्छन् भन्ने उदाहरण उक्त कार्यबाट प्रष्ट भएको बताउँनु भयो ।
आइतबार भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुनले जिल्ला बाहिर र देश बाहिर रहनु भएकी छोरीहरुले आफ्ना जन्म र कर्म दिने आमा बुवाको सम्झनामा माइती घरमै भवन निर्माण गर्नुले समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयो ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी पुनले छोरीहरुमा,आमा बुबा प्रति भएको,आदर सम्मान माया स्नेह र आँट उक्त भवनमा झल्किदै आएको बताउनु भयो ।पुनले समाज परिवर्तनको लागि अझै पनि सशक्त ढंगले अगाडि बढ्नको लागि उक्त परिवारलाई शुभकामना दिनु भयो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै क्षत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी,कपुरकोट गाउँपालिकका अध्यक्ष दुर्गा बहादुर पुनले स्वर्गीय भागिराम घर्तीको योगदान समाजमा अतुलनीय रहेको बताउँनु भयो ।उहाँहरुले त्यसकै प्रभाव समाजमा रहदा रहदै पनि विवाह गरेर प्राइघर गैसकेकी छोरीहरुले लाखौंको लगानीमा भवन निर्माण गर्दा घर्ती परिवारको महत्व अझै बढ्दै गएको बताउँनु भयो ।

भवन उद्घाटन कार्यक्रममा शारदा नगरपालिका सल्यानकी उप प्रमुख सुस्मिता सापकोटा,छत्रेश्वरी गाउँपालिकाकी उपाध्यक्ष बुद्वा खत्री,शारदा नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष जंगबहादुर बुढा,छत्रेश्वरी गाउँपालिका वडानं.५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर न्यौपाने, अनुसन्धान प्रहरी प्रमुख नेव वहादुर राणा, इन्देणी कार्यक्रमका संचालक कृष्ण कंडेल,राष्ट्रिय भुमि समस्या समाधान आयोग सल्यानका अध्यक्ष विरबहादुर सेजुवाल,नेपाल पत्रकार महा संघ सल्यानका अध्यक्ष डिल्ली राज रावत लगाएतको उपस्थिति रहेको थियो ।

भवन उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने,इन्द्रेणी कार्यक्रमको टिम लगाएत अन्य पन्चेवाजा,सोरठी,सिङ्गारु,लहरे र आमासमुहको टिमले आफ्न प्रस्तुति प्रस्तुत गरेका थिय ।
स्वर्गीय भागिराम घर्तीको सम्झमामा उहाँकि छोरीहरु इन्दिरा घर्ती,नारायणी घर्ती,योगमाया घर्ती र कविता घर्तीले आफ्नै लगानीमा उक्त भवन निर्माण गर्नु भएको भागीराम घर्तीकि नातिनी सदिच्छा घर्तीले बताउनु भयो ।
