१९ जेष्ठ २०८२/ सल्यान
सल्यानमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं. ७ रामेखोलामा भएको दुर्घटनामा परि सोही ठाउँका ५१ बर्षिया दलबहादुर थापाको ज्यान गएको हो ।
रामेखोला बाट ढोरचौर तर्फ जाँदै गरेको रा १ त ३२४६ नम्बरको ट्याक्टर बाट झर्ने क्रममा लडेर गम्भीर घाइते भएका थापालाई
उपचारका लागी तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान लगिएकोमा केही बेरमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतकको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ट्याक्टर र ट्याक्टर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।