देउराली माध्यमिक बिधालयको बार्षिक उत्सव सम्पन्न

देउराली माध्यामिक बिधालय शिद्वकुमाख २ कुयाँझोलको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रवार बिधालयको ३९ औ बार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै शिद्वकुमाख गाउँपालिका सल्यानका अध्यक्ष भरत गीरीले बार्षिक उत्सवको अवसरमा बिधालय परिवारलाई शुभकामना कामना व्यक्त गर्नु भयो ।उहाँले देउराली माध्यामिक बिधालयको स्तर वृद्धिका लागि गाउँपालिका सधै साथमा रहेको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गीरीले शिक्षक,बिद्यार्थी र अभिभावकको आपसी सम्बन्धले बिधालयको शैक्षिक स्तरको वृद्धि गर्न सकिने बताउँनु भयो ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि शिद्वकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले शैक्षिक क्षेत्रमा देउराली माध्यमिक बिधालयको इतिहास पुरानो रहेको बताउँनु भयो ।उहाँले उक्त बिधालयको सम्पुर्ण पक्षलाई बिकास गर्न सरोकारवाला निकायला अनुरोध समेय गर्नु भएको हो ।

देउराली माध्यमिक बिधालय शिद्वकुमाखका बिधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का,शिक्षा शाखा प्रमुख प्रतिभा वलि वडा नं. २ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकी लगाएतको उपस्थिति रहेको थियो ।यस्तै कार्यक्रममा
नेकपा माओवादी केन्द्रका प्रतिनिधि जित बहादुर बुढाथोकी , नगर प्रहरी प्रमुख देब बहादुर बस्नेत, विद्यालयका पुर्व प्रधानाध्यापकहरु खडानन्द वलि ,माेतिराम बुढाथोकी ,बल ब चलाउने, पूर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष, मनिराम बुढाथोकी ,तिलक बुढाथोकी ,डिल व बाेहराको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमममा बिधालय लाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानहुनेहरुमा
विद्यालयका पुर्व प्रधानाध्यापक बल ब चलाउने, खडानन्द वली, माेतिराम बुढाथोकी गणेश कुमार डागि ,ज्याेति प्रशाद वलि र पुर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष मनिराम बुढाथोकी ,तिलक बुढाथोकी र डिल ब बाेहरा लाई सम्मान गरिएको थियाे ।

 


कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश डाँगीले
सोही बिधालयमा अध्यनरत ३ जना र बिधालयका प्रधानाध्यापक मनविर चलाउनेले २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई बिधालय पोशाक बितरण गर्नु भएको थियो । यस्तै आफ्ना स्वर्गीय छोरा सुशान्त वलीको सम्झनामा आमा अमृता वलीले गरिव तथा जेहेन्दार ३ जना बिद्यार्थीलाई बिधालय पोशाक र शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

बिधालयको बार्षिक उत्सव कार्यक्रममा जनचेतना स्वास्थ्य आमा समुह कुयाझाेल, फुलबारी स्वास्थ्य आमा समुह भाङ्गाचौर र देउराली माध्यमिक बिधालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको नृत्य प्रस्तुत गरिएको थियो भने,कार्यक्रममा शिक्षक,बिद्यार्थी,अभिभावक,सर्वसाधारण लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस