६ जेष्ठ २०८२/ सल्यान
सल्यानमा सर्वदलीय तथा सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा भएको वैठकमा,जिल्लामा संचालित विभिन्न आयोजनाको कार्यान्वयन,सहजीकरण,अनुगमन र सुरक्षा व्यवस्थापन बारे छलफल गरिएको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले सल्यानको सर्वपक्षीय विकासको लागि सवै एक भएर लाग्नु पर्ने बताउँनु भयो । आफ्नो जिम्मा सल्यानको बिकास निर्माण र जनता लाई सेवा सुविधा प्रवाह गर्ने हो भन्दै सांसद ज्वालाले सम्पुर्ण क्षेत्रका बिकास लाई चुस्त दुरुस्त र प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भयो । पुर्व मन्त्री समेत रहनु भएका ज्वालाले सडक र यातायात क्षेत्रको बिषयमा आफू गम्भीरता पुर्वक लागेको बताउँनु भयो ।राप्ती राजमार्ग,मदन भण्डारी राजमार्ग,खलंगा कालिमाटी हुँदै नेपालगन्ज जोड्ने सडक,लगाएत पालिका स्तरका सडकहरूको बिषयमा जनताहरु बढी जोडिने भएकाले अपुरा र अधुरा सडक निर्माणको कार्यलाई तत्काल रुपले पूरा गर्नको लागि सम्बन्धित पक्षलाई निर्देशन दिनु भयो । उहाँले सडक,पुल लगाएत अन्य बिकासे योजनाको निर्माण कार्य सुरु गरि सकेका तर विभिन्न कारणले बिचमै काम रोक्ने परिपाटीको अन्त्य हुनु पर्ने बताउँनु भयो । पछिल्लो समयमा निर्माण सामाग्रीको अभाव,क्रसर उद्योग संचालनमा समस्या लगाएतका बिषयले बिकास निर्माणमा समस्या पर्दै आएकाले यस तर्फ सचेत हुन जरुरत रहेको बताउँनु भयो ।
जिल्लाको समृद्धिका लागी जिल्लामा आएको बजेट लाई कार्यान्वयन गर्न तिर सबैलाई ध्यान दिन अनुरोध गर्नु भयो ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलको विशेष उपस्थितिमा सम्पन भएको उक्त वैठकमा बोल्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले राप्ती राजमार्गको स्तरवृद्धि लाई तिब्रताका साथ अगाडि बढाइएको बताउनु भयो ।उहाले अहिले दाङको राम्री देखि चोरखोला सम्म करिव ४ किलो मिटरको दुरीमा सव व्यसको काम सम्पन गरि व्यसको काम सुरुवात भएको र तत्कालै कालोपत्रे गर्ने बताउनु भयो । उहाँले राप्ती राजमार्ग अन्तर्गत बागचौर,खरिबोट हुँदै रारेचौर सम्म ४ किलोमीटर सडकको स्तरउन्नति भैरहेको र यो आर्थिक बर्षमा सम्झौता भैइ बहुबर्षिया योजनाको रुपमा अगाडि सारिएको हरनेटी देखि राम्री सम्म र अन्य भुभागको करिव १० किलोमीटर सडकको स्तर वृद्धि गर्ने बताउनु भयो ।बिष्टले कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनको लागि आफुहरुले अनुगमनको कार्यलाई तिब्रता दिनुका साथै निर्माण कम्पनीहरु संग सहकार्य गर्दै आएको बताउँनु भयो ।डिभिजन प्रमुख बिष्टले सल्यानका आन्तरिक केही सडकहरुको स्तरउन्नतिको काम सम्पन भैसकेको र केहिको हुने चरणमा भएको समेत जानकारी दिनु भयो ।
यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालय,सुर्खेतका इन्जिनियर दमन विष्टले,रोल्पाको मारिचौर,घर्तीगाउँ,सुख्खा ओडार,सल्यानको पातिहाल्न बागचौर सम्म ५२ किलोमिटर सडक स्तरोन्नतिको काम भैरहेको बताउँनु भयो । उक्त क्षत्रे भित्र सडक कटिङको कार्य भैरहेको र सामुदायिक बन जंगल र अन्य केही समस्याले गर्दा आफुहरुले सोचे जस्तो तीव्रताका साथ कामले गति नपाएको इन्जिनियर बिष्टले जानकारी दिनु भयो ।इन्जिनियर बिष्टले सल्यानको भुगोलमा माघ यता काम सुरु गरिएको र सात मिटर सडक पिचको अवधारणाका साथ काम भैरहेको बताउँनु भयो ।
यस्तै वैठकमा स्थानीय तहका प्रमुख,उपप्रमुखहरुले पनि आफ्ना पालिका भित्रका केही सडक,पुल,बिधुत लगाएत अन्य क्षेत्रको बिकासमा तिब्रता दिन सम्बन्धित निकायलाई आग्रह गर्नु भएको थियो । पालिका भित्रमा संघ र प्रदेशका केही ठुला योजनाहरु अलपत्र परेका र उक्त योजना लाई सम्पन्न नगराउन पालिका सरकारलाई जनताले दोष थुपार्ने प्रवृत्ति बढ्दै गएकाले यस तर्फ ध्यान दिन सम्बन्धित पक्षलाई अनुरोध गर्नु भएको छ ।
यता निर्माण व्यवसायीहरुले भने आफुहरुलाई काम गर्नको लागि सहज बाताबरण मिलाइदिनको लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनु भएको थियो ।पछिल्लो समयमा सडक कालोपत्रे गर्नको लागि सम्बन्धित क्षेत्रमा अल्पकालीन रुपमा क्रसर संचालन गर्नु पर्ने अवस्था रहेको तर स्थानीय सरकारहरुले आफुहरुलाई क्रसर संचालन गर्न अनुमती नदिएपछि काम गर्न समस्या परेको बताउनु भयो ।
सर्वदलीय वैठकमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले आफ्नो प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो ।
वैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सम्बन्धित क्षेत्रको बिकास लाई छिटो,छरितो,दिगो र प्रभावकारी ढंगले अगाडि बढाउन निर्माण कम्पनिहरुलाई अनुरोध गर्नु भयो ।उहाँले राप्ती राजमार्गको स्तर उन्नतिले गर्दा यातायात संचालनमा आएको समस्या लाई समेत सहज गराउनको लागि आफू लागि परेको बताउँनु भयो ।
उक्त वैठकमा जनप्रतिनिधिहरू, सरकारी कार्यालय प्रमुखहरू, सडक डिभिजनका अधिकारी र निर्माण व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहेको थियो।