१ जेष्ठ २०८२/ सल्यान
सल्यानमा श्रृङ्गारिक महा आरती धर्म जागरण सप्ताह महा- महोत्सव २०८२ सुरु हुने भएको छ ।
जिल्लाको श्रीनगरमा रहेको राधाकृष्ण मन्दिरको आयोजनामा जेठ १२ देखी १८ गते सम्म महा – महोत्सव संचालन हुने भएको हो ।
विहिवार आरती धर्म जागरण सप्ताह महा-महोत्सवको सचिवालय श्रीनगरमा उद्घाटन गर्दै शारदा नगरपालिका वडानं.१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेले धर्म प्रतिको आस्था,बिश्वास लाई बलियो बनाउन उक्त महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले महा महोत्सव संचालनका लागी वडा कार्यालय परिवार साथमै रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस्तै सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठले पहिलो पटक हुन लागेको महा महोत्सव लाई सफल पार्नको लागि सवैले हातेमालो गर्नु पर्ने आवश्यक रहेको बताउँनु भयो । महोत्सवका प्रमुख सल्लाहकार समेत रहनु भएका श्रेष्ठले महोत्सव संचालन पछिका उपलब्धिहरुलाई सामाजिक रुपमा स्थापित गर्नको लागि सवै प्रतिबद्ध रहनु पर्ने बताउँनु भएको थियो ।
सचिवालय उद्घाटन कार्यक्रममा सह अध्यक्ष रोहवर सिंह बिष्टले कृष्ण मन्दीरको स्तर वृद्धिको लागि उक्त कार्यक्रम प्रभावाकारी हुने बताउँनु भयो ।बिष्टले धार्मिक सम्पदाको संरक्षणमा ध्यानपुर्याउनु आजको आवश्यकता रहेको वताउनु भयो ।महा महोत्सवको तयारी तिब्रताको साथ गरिदै आएको महासचिव राजेन्द्र बहादुर भण्डारी बताउँनु भयो । उहाँले आज पहिलो दिन सचिवालय स्थापना गरिएको र विभिन्न जिम्मेवारी सहितका व्यक्तिलाई मनोनीत गरिएको बताउनु भयो ।
समितिका निर्देशक सुधन श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको सचिवालय उद्घाटनमा,कार्यक्रम सहजकर्ता खेम प्रशाद भुसाल,कार्यक्रम संकल्पकर्ता देवेन्द्र उपाध्ययले महा-महोत्सवका बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।
राधा कृष्ण मन्दीर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर वलीले
राधाकृष्ण मन्दिरको स्तरोन्नति तथा अक्षयकोष स्थापनार्थको लागि
महा महोत्सव संचालन गर्न लागिएको बताउँनु भयो ।उहाँले महोत्सवलाई सफल पार्नको लागि विभिन्न सरोकारवाला निकाय संग समन्वय गर्ने बताउनु भयो ।
