२४वैशाख २०८२/ सल्यान
नेपाल पत्रकार महासंघ सल्यानले जिल्लाका स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्यको थालनी गरेको छ ।
जनताको सूचना पाउने अधिकार, पत्रकारिताको मर्यादा र सञ्चारमाध्यमको दिगो विकासप्रति प्रतिबद्ध रहँदै पत्रकार महासंघ सल्यान शाखाले जिल्लाका चार वटा स्थानीय तहहरुमा
ध्यानाकर्षण पत्र बुझाएको हो ।
बुधबार जिल्लाको कपुरकोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष
दुर्गा बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सूचना अधिकारी, लेखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावतले जानकारी दिनु भयो ।यस्तै त्रिबेणी गाउँपालिकामा अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का (पुन), प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडाअध्यक्ष, सूचना अधिकारी, लेखा प्रमुख सहितलाई ध्यानाकर्षण पत्र बुझाइएको,कालिमाटी गाउँपालिकामा, गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली (डिसी), वडाअध्यक्ष तथा विभिन्न शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएको र बनगाडकुपिण्डे नगरपालिकामा नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी र शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष रावतले बताउँनु भयो ।
ध्यानाकर्षण पत्र बुझ्दै बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले पत्रकारिताका नाममा पित पत्रकारिता गर्ने क्रम बढेको बताउनु भयो । सत्य तथ्य र निशपक्ष पत्रकारीता आजको आवश्यकता भएको भन्दै नगरप्रमुख बुढाथोकीले ध्यानाकर्षण पत्रमा समेटिएका बिषयहरु समय सान्दर्भिक भएको बताउनुभयो ।यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले
जिल्लामा कृयाशिल पत्रकारहरुले पत्रकारिताको धर्म र मर्म अनुसार कलम चलाउदै आएको बताउँंदै आगामी दिनहरुमा पनि समन्वय र सहकार्य निरन्तर हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानको ध्यानाकर्षण पत्र बुझ्दै त्रिवेणी गाउँ पालिका अध्यक्ष खिमबहादुर रावतले गाउँपालिकाले पत्रकार तथा संचारकर्मीसंग समन्वय र सहकार्य गर्दै आएकोले अझै रचनात्मक साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार र पत्रकारहरुको सहकार्यमा सकारात्मक कार्यहरु गर्न सकिने बताउनु भयो ।उता कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष
सनशिल्ता वली ( डिसी)ले जिल्लाको टाढाको स्थानीय तह भएकाले बिगतमा सोचे अनुसारको सहकार्य हुन नसकेको भएपनि अबका दिनमा समन्वय, सहकार्य र सहअस्तित्वलाई अघि बढाउने बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यका लागि नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको नेतृत्वमा उपाध्यक्ष शिब डाँगी, सचिब बुद्धि पुन, सहसचिव खेमराज स्वर्णकार, कोषाध्यक्ष खकेन्द्र केसी सहित स्थानीय तहमा रहनु भएका पत्रकारहरुको सहभागिता रहेको थियो ।बाँकि स्थानीय तहहरुमा विहिवार ध्यानाकर्षण पत्र बुझाइने पत्रकार महासंघ सल्यानका सचीव बुद्धि पुनले जानकारी दिनु भयो ।
