२३ वैशाख २०८२/ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले पालिका स्तरीय बृहत महिला भेला सम्पन गरेको छ ।
आर्थिक बर्ष २०८२/ ०८३ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न पालिकाले उक्त भेला सम्पन्न गरेको हो ।मंगलवार कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनको प्रमुख आतिथ्यतामा भएको महिला भेलामा उपाध्यक्ष संग आमा दिदिबहिनी कार्यक्रम अन्तर्गत महिला उत्थान कार्यक्रम तर्जुमा तथा कार्यन्वयनका लागलागी नीति तथा कार्यक्रमको बारेमा छलफल गरिएको थियो ।

गाउँपालिकाको सभाहलमा सम्पन भएको उक्त कार्यक्रममा वक्तित्वकला प्रतियोगिता समेत संचालन गरिएको थियो । पालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आगामी बजेट नीति तथा कार्यक्रममा आमा दिदीबहिनीहरूका सल्लाह सुझावहरुलाई समेटिने गाउँपालिकाले जानकारी दिएको छ ।
भेलाबाट गीता बोहराको अध्यक्षतामा १३ सदस्य पालिका स्तरीय महिला सञ्जालको गठन गरिएको छ ।