बागचौर नगरपालिका ३ को आमा समुहलाई पन्चेबाजा हस्तान्तरण

२२ वैशाख २०८२/ सल्यान

सल्यानको बागचौर नगरपालिकाले वडा भित्रका आमा समुह लाई पन्चेबाजा बितरण गरेको छ ।

लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षण गर्ने उद्देश्य र
संस्कृति संरक्षणका लागि नगरपालिकाले वडा नं.३ खालीको
समाज सुधार स्वास्थ्य आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण गरेको हो ।

पन्चेवाजा हस्तान्तरण गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्नको लागि नगरपालिकाले उक्त कार्य गरेको बताउँनु भयो ।वडा नं.३ को वडा कार्यालय खालीमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले पुरानो पुस्ताको सीप तथा कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा आफुहरु लागि परेको बताउँनु भयो । उहाँले पन्चेबाजा लाई व्यावसायिकतामा जोड दिनका लागि
आमा समुहलाई अनुरोध गर्नु भयो ।आमा समुहले यस अघि समुह बाट दमाह लगाएतका बाजा खरिद गरि विभिन्न कार्यक्रमहरुमा बजाउदै छ ।

आइतबार भएको बाजा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा नं.३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य रेशम बि.क, सामाजिक विकास शाखा प्रमुख विशाल वली, पञ्जीकरण शाखामा कार्यरत बामदेव के.सी, खुमराज घर्ती, वडा सचिव गणेशा वली, आमा समूह, लगायतकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस