आफ्नो जन्म दिनको अवसरमा ५० जना बिद्यार्थी लाई बिधालय पोशाक दिने हमालको घोषणा

१८ वैशाख २०८२/ दाङ

नेपाली कांग्रेस दाङका युवा नेता सुरेश हमालले ५० जना विद्यार्थी लाई बिधालय पोशाक दिने  घोषणा गर्नु भएको छ ।

आज परेको आफ्नो जन्म दिनको अवसरमा हमालले  बिरेन्द्र माध्यामिक विधालय दंगीशरण गाउँपालिका वडानं.३ हेकुलीमा कक्षा ६ देखि १२ सम्म अध्यन गर्ने गरिव तथा बिपन्न परिवारका ५० जना विद्यार्थी लाई बिधालय पोशाक उपलब्ध  गराउने बताउनु भएको हो ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति हमालले आफ्नो नियमित आधारभुत खर्चलाई कटौती गरेर बिद्यार्थीहरुलाई बिधालय पोशाक उपलब्ध  गराउने प्रतिबद्धता गरेको बताउँनु भयो ।

जन्म दिनको अवसरमा आफन्त  तथा शुभचिन्तकहरुले आयोजना गरेको जन्म दिन विशेष कार्यक्रममा बोल्दै उहाँले बिद्यार्थी हरुलाई अध्यन गर्न थप हौसला पुगोस् भन्ने उद्देश्यले उक्त कार्य गरेको बताउँनु भयो ।हमालले आफुले गरेको प्रतिबद्धता अनुसार केही दिन भित्रमै बिद्यार्थीहरुलाई बिधालय पोशाक उपलब्ध गराउने बताउँनु भएको छ ।

यस्तै हमालको जन्म दिनको अवसरमा लायन्स क्लब अफ दाङले तुलसीपुर उपमहानगरपालिका वडानं.१ भम्केका होमलाल अधिकारीलाई हुइलचियर हस्तान्तरण गरेको छ ।गाडी दुर्घटना परि दुवै खुट्टा गुमाएका अधिकारीलाई राहत होस भनेर हुइलचियर हस्तान्तरण गरिएको  लायन्स क्लव अफ दाङका अध्यक्ष गोरख वलीले बताउनु भयो ।उहाँले संस्थालाई यहाँ सम्म ल्याउनको लागी,संस्थाका पुर्व अध्यक्ष तथा हालका सल्लाहकार हमालको योगदान महत्त्वपूर्ण रहेको भन्दै उहाँको जन्म दिनको अवसरमा सामाजिक कार्य गर्न आफुहरु अग्रसर रहेको बताउँनु भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व उपमहासचिव तथा हालका सल्लाहकार,नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष र त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. दाङका अध्यक्ष समेत रहनु भएका हमाल दर्जन बढी सार्वजनिक संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस