१८ वैशाख २०८२/ सल्यान
सल्यानको शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले
आज भोलिको व्यस्त जीवन शैली र निरन्तर तनाव लाई हल गर्नको लागि योग बिज्ञानको आवश्यकता पर्ने बताउनु भएको छ ।
योगले व्यक्ति र समाज दुवैको स्वास्थ्य र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने कुराको उल्लेख गर्दै गाउँपालिका वासी सवैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भयो ।
मंगलवार देखि निराजन माध्यमिक विधालय ढोरचौरमा संचालन गरिएको योग बिज्ञान शिविरको उद्घाटन गर्दै अध्यक्ष गिरिले योग बिज्ञानले स्वास्थ्य जीवनशैलीमा सुधार ल्याउने भएकाले गाउँपालिका वासीको हितको लागी उक्त शिविर संचालन गरिएको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गिरीले
गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता ज्ञानमूलक र व्यवहारिक शिविरहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रमहरुको संचालन गरिने बताउँनु भयो ।उहाँले योग भनेको केवल व्यायाम मात्र नभएर मानवीय जीवन पद्धतिको सुन्दर पक्ष भएको बताउनु भयो । योगले मानिसमा अनुशासन, समर्पण र आत्मनियन्त्रण सिकाउँने भएकाले , यस्तो कार्यक्रमले बालबालिका, युवा, महिला र वृद्धवृद्धा सबैमा चेतना र ऊर्जा भरिदिने आफुले विश्वास लिएको बताउनु भयो ।

गरौँ योग, रहौँ निरोग’ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै
सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समिति र युवा नेपाल समिति सल्यानको समन्वयमा सन्चालन हुने निःशुल्क योग विज्ञान शिविरमा पतञ्जली योग समिति कर्णाली प्रदेशका पूर्वक्षेत्र संयोजक बसन्त शर्मा मुख्य प्रशिक्षकको रूपमा रहनु भएको शिद्वकुमाख गाउँपालिका सल्यानले जनाएको छ । आज देखि समिति केन्द्रका सदस्य लोकनाथ खनाल पनि प्रशिक्षकको रूपमा सहभागी हुनु भएको छ भने वैशाख २० गते सम्म सञ्चालन हुने उक्त शिविरमा विभिन्न योग आसन, प्राणायाम, ध्यान तथा योगसम्बन्धी जीवनशैलीका विषयमा प्रशिक्षण दिइनेछ ।
शिद्व कुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतको सभाध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दाहरू, विद्यालयका शिक्षक–विद्यार्थी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।योग विज्ञान शिविर प्रत्येक दिन बिहान ५ वजेदेखी ७ वजेसम्म सञ्चालन हुने छ ।
