१५ वैशाख २०८२/ सल्यान
चालक संघ सल्यानले जिल्लाका सवै स्थानीय तहहरुमा समिति निर्माण गर्नुका साथै चेतनामूलक कार्यक्रमहरु गर्ने भएको छ ।
जिल्ला भित्रका सार्वजनिक तथा निजि सवारी साधन चलाउने चालकहरुको एकता र जनतालाई सचेतना दिनको लागि उक्त अभियान संचालनमा ल्याइएको चालक संघ सल्यानले जनाएको हो ।
सार्वजनिक तथा निजि सवारी साधन चलाउने चालकहरु बिच आपसी सम्बन्ध र सहयोग बिस्तार गर्ने,संघ,प्रदेश र स्थानीय तह लगाएत अन्य देशमा समेत यात्रा गर्ने यात्रुको यात्रालाई सुरक्षीत गराउने ,चालकको पेशालाई व्यवसायीक र मर्यादित बनाउनको लागी उक्त अभियान संचालन गरिएको चालक संघ सल्यानका अध्यक्ष राजेन्द्र रिजालले बताउनु भयो ।उहाँले चालकहरु बिच आपसी एकता र सवारी दुर्घटना लाई न्यूनीकरण गर्न सहयोग गर्ने,कानुनी व्यवस्था तथा ट्राफिक संकेत र नियमलाई पालना गर्न सहयोग गर्नको लागि अभियान प्रभावकारी हुने बताउनु भयो ।
अध्यक्ष रिजालले स्थानीय तहमा कालिमाटी गाउँपालिका बाट चालक संघ,गठन गर्ने अभियान सुरु गरिएको र आगामी दिनहरुमा उक्त अभियान जिल्लाका दस वटै स्थानीय तहमा लागू गर्दै जाने बताउनु भयो ।
शनिबार जिल्लाको कालिमाटी गाउँपालिकामा चालक संघले स्थानीय तहका संघ संस्था र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । चालक भुपेन्द्र रेउलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चालक संघ कालिमाटी गाउँपालिका स्तरिय समिति समेत निर्माण गरिएको हो । ११ सदस्यीय समितिको अध्यक्षमा चालक रमेश कुमार वली रहनुभएको छ । जस्को उपाध्यक्षहरुमा देवबहादुर बिक,सुरेश बुढाथोकी,सचीवमा रामबहादुर महतरा, सह-सचिवमा डम्बरबहादुर वली र कोषाध्यक्ष,खिमबहादुर रेउले रहनु भएको छ ।यस्तै सदस्यहरुमा,ज्योति खत्री, प्रकाश विक,गजबहादुर कवर,देवराज विक, यसमान डाँगी रहनुभएको हो ।
कार्यक्रमको सहजीकरण चालक मेघराज खत्रीले गर्नु भएको हो ।