१४ वैशाख २०८२/ सल्यान
दोस्रो शारदा मेयर न्यू एयर टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले हातपारेको छ ।
फाइनल खेलमा कुमाख गाउँपालिकालाई ४ विकेटले पराजित गर्दै बागचौरले उपाधि हात पार्न सफल भएको हो ।
शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा सल्यान खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको बागचौरले, कुमाख गाउँपालिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा १२७ रनमै रोक्न सफल भएको थियो ।जवाफमा बागचौर नगरपालिकाले १७ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै जित सुनिश्चित गर्यो।
गत वर्षको उपाधि विजेता समेत रहेको बागचौर नगरपालिकाले यस वर्ष पनि फाइनल जित्दै प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।बागचौरले लगातार ९ खेल जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो।प्रतियोगिता जिते संगै बागचौर नगरपालिकाले १ लाख नगद पुरस्कार हात पार्न सफल भएको हो ।यस्तै उपविजेता कुमाख गाउँपालिकाले ५० हजार रकम हात पारेको छ ।
