छत्रेश्वरी गाउँपालिकामा ८६२ जनालाई सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखिकरण

११ वैशाख २०८२/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकामा ८६२ जनालाई सुरक्षीत आप्रवासन सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

गाउँपालिकामा संचालन भएको सुरक्षीत आप्रवासन ( सामी) कार्यक्रम अन्तर्गत विभिन्न मितिमा पालिका भित्रका सातै वडाका ८६२ जना लाई अभिमुखिकरण गरिएको हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले समुदायस्तरीय अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षीत र मर्यादित बनाउनका लागि उक्त अभिमुखिकरण कार्यक्रम गरेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ कार्यक्रममा वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा हाल वैदेशिक रोजगारीमा रहेका व्यक्तिका घरपरिवारका सदस्यहरूलाई लक्षित गर्दै विविध विषयमा अभिमुखिकरण गरिएको थियो ।

सहभागीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि गर्नुपर्ने तयारी, सुरक्षित रूपमा विप्रेषण पठाउने र प्राप्त गर्ने तरिका, विप्रेषणको सदुपयोग, भावनात्मक सहयोग तथा परामर्श सेवा र स्थानीय वित्तीय सेवा प्रदायकहरूबारे जानकारी दिइएको सामी कार्यक्रम अन्तर्गत गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता कमला शाहीले जानकारी दिनु भयो ।

उहाँले कार्यक्रमका क्रममा सहभागीहरूबीच वैदेशिक रोजगारीसम्बन्धी अनुभव आदानप्रदान गर्नुका साथै सम्भावित जोखिम र सुरक्षाका उपायबारे विस्तृत छलफल गरिएको बताउँनु भयो । अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारजनले भोगिरहेका सामाजिक र मानसिक समस्या तथा त्यसको समाधानका लागि आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस