८ वैशाख २०८२/ सल्यान
सल्यानको शारदा नगरपालिकामा किसान सम्मेलन भएको छ ।

सोमबार नगरपालिकाले जिल्लामै पहिलोपटक पालिका स्तरको किसान सम्मेलन सम्पन्न गरेको हो ।
किसान सम्मेलनको उद्घाटन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख
प्रकाश भण्डारीले आफुहरु कृषि उत्पादनमा वृद्धि गर्न लागी परेको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले नगरपालिका भित्रका कृषकहरुलाई आत्मनिर्भर बनाउनको लागी आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको बताउँनु भयो ।उहाँले नगरपालिकामा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यका साथ विभिन्न योजनाहरु अघि बढाइदै आएको बताउँनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
ओम प्रकाश देवकोटाले कृषि उत्पादनमा वृद्धि गर्नको लागि विभिन्न निकाय संग समन्वय गर्दै योजना तय गरिएको बताउँनु भयो । उहाँले नगरपालिकाका सबै वडामा एक–एक जना कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिएको र ८०हजार पशुपंक्षीलाई सामान्य उपचार गरिएको समेत बताउनुभयो।

यस्तै कृषि विज्ञ तथा अभियन्ता डाक्टर कोपिला पोख्रेलले हालको समयमा कृषकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादनमा विविधता र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले स्थानीय तहले कृषकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने र मानव स्वास्थ्यका लागि गुणस्तरीय तथा सुरक्षित खाद्य वस्तु उत्पादन गर्न कृषकहरूलाई आह्वान समेत गर्नुभयो।
सम्मेलनमा पशु शाखा प्रमुख मनिषा बस्नेत,कृषि शाखा प्रमुख कविराज ज्ञवाली,कृषि विज्ञ,किसान,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार सहित करिव ३ सय ५० बढिको सहभागिता रहेको थियो ।