७ वैशाख २०८२/ दाङ
राप्ती राजमार्गको राम्री–कपुरकोट सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
उक्त सडक खण्डको राम्री देखी दाङ सम्म स्तरोन्नति गर्ने भएकाले सोमबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय दाङका अनुसार सडकको स्तरोन्नतीका लागि बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म राम्री–कपुरकोट खण्डमा सवारी आवागमन बन्द गरिने बताइएको छ ।
बन्द हुने समयमा वैकल्पीक मार्ग पैँयुखोरे–कपुरकोट सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । सार्वजनिक सूचना अनुसार सोमबार भोलिदेखि बैशाख १४ गतेसम्म सात दिन उक्त सडकमा सवारी आवागमन बन्द गरी स्तरोन्नतीको काम गरिने छ ।