३ वैशाख २०८२/ सल्यान
पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लभदेव मिश्रले सल्यानका शिक्षकहरू माझ मोटिभेसनल कक्षा संचालन गर्नु भएको छ ।
जिल्लाको शारदा नगरपालिकाले आयोजना गरेको शैक्षिक भेलामा मिश्रले मोटिभेसनल कक्षा सन्चालन गर्नु भएको हो ।
बुधबार सल्यानको खलंगामा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको शैक्षिक भेलामा,शिक्षाविद बीरबहादुर सेजवालले समग्र शैक्षिक अवस्था बारे प्रस्तुती राख्नु भएको थियो ।कार्यक्रमम शारदा नगरपालिकाकी उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रवक्ता तथा वडा नं ११ का अध्यक्ष राजेश कुमार शर्माको विशेष उपस्थिति रहेको थियो ।

यस्तै वडाअध्यक्षहरू प्रदिप कुमार पाण्डे, सविन हमाल, तुल्सा भण्डारी, किशोर कुमार हमाल, प्रदिप शाही र प्रकाश पुन लगाएत शिक्षा समितिका पदाधिकारीहरू यज्ञ विक्रम शाह र कमल थापा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावत सहित विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघका अध्यक्ष,प्रधानाध्यापकका साथ कक्षा ५ र ८ का केन्द्राध्यक्षहरू सहभागीता रहेको थियो ।
भेलामा नगर प्रमुखका प्रेस सल्लाहकार योग राज विश्कर्माले तयार पारेको शारदा नगरपालिकाको विगत ३ वर्षको शैक्षिक उपलब्धिका बारेमा भिडियो प्रस्तुती गरिएको थियो ।
कार्यक्रममा नगरस्तरीय परीक्षाको परिणाम अनुसार उत्कृष्ट हुनेहरूलाइ सम्मान गरिएको छ । उत्कृष्ट हुनेहरूमा संस्थागत विद्यालयतर्फ कक्षा ५ मा ब्राइट पर्ल एकेडेमी र कक्षा ८ मा मित्र प्याराडाइज बोर्डिङ स्कुल छन्। सामुदायिक विद्यालयतर्फ कक्षा ५ मा शिवजन मावि र कक्षा ८ मा महेन्द्र मावि पिपलनेटा उत्कृष्ट घोषित भएका छन्। साथै २ जना केन्द्राध्यक्षलाई पनि सम्मान गरिएको छ।
भेलामा सहभागीहरूले नगरपालिकाको शिक्षाको सवालमा रहेका विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिय । प्रश्नको जवाफ दिदै नगर प्रमुख प्रकाश भण्डारीले शारदा नगरको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यले नगर सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

शारदा नगरपालिकाका प्रवक्ता राजेश शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालले गर्नु भएको थियो ।