सल्यानको शारदा नगरपालिकामा निशुल्क योग बिज्ञान शिविर सुरु

२ वैशाख २०८२/ सल्यान

सल्यानको शारदा नगरपालिकामा निशुल्क योग बिज्ञान शिविर सुरु गरिएको छ ।

मंगलवार एक कार्यक्रमका बीच पतञ्जली योग समिति नेपालका केन्द्रि प्रभारी लभदेव मिश्र गुरुको प्रमुख आतिथ्यतामा शिविर उद्घाटन गरिएको हो ।

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले संयुक्त रुपमा दिप प्रज्वलन गरि शिविरको औपचारीक उद्घाटन गर्नुभएको थियो ।जिल्लाको प्रमुख व्यापारीक केन्द्र श्रीनगरमा भएको शिविरमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरु, पतञ्जली योग समिति नेपालका केन्द्रिय, जिल्ला र पालिका प्रमुखहरु प्रतिनिधिहरु,कर्मचारी, , शिक्षक, विद्यार्थी लगायत स्थानीय वासीन्दाहरुको उपस्थिती रहेको थियो ।शारदा नगरपालिकको आयोजना र पतञ्जली यो समिति सल्यानको समन्वयमा सन्चालन गरिएको निशुल्क योग विज्ञान शिविर वैशाख ६ गते सम्म सन्चालन गरिने शारदा नगरपालिकाले जनाएको छ ।

शिविर उद्घाटन कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख प्रकाश भण्डारीले शिविरमा सहभागी भई शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सबै नगरवासीहरुमा अनुरोध गर्नु भएको छ ।
उहाँले नगरपालिका सधै नगरवासीको पक्षमा काम गर्दै आएको र यो नयाँ तर अतिआवश्यक भएकाले यो अवसर नछुटाउन सवैलाई अनुरोध गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस