३१ चैत्र २०८१/ सल्यान
सल्यानको शारदा नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ ।
शारदा नगरपालिकाको समन्वयमा,सिटिजन बैंक श्रीनगरले नगरको १५ नम्बर वडा अन्तर्गत पशुपति प्राथमिक बिधालय हरलेमा शिविर सम्पन गरेको हो ।
बैंकले आफ्नो १८ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको शिविरमा १सय ५६ जना वडा बासीको स्वास्थ्य परिक्षण गरिएको शारदा नगरपालिका वडानं.१५ का वडा अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनु भयो ।उहाँका अनुसार शनिबार विहान ९ बजे देखी संचालन गरिएको शिविरमा १सय १६ जना महिला र ४० जना पुरुषको स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला अस्पताल सल्यानका डाक्टर द्वारा सहभागीहरुको स्वास्थ्य परिक्षण गरिएको र शिविर बाट त्यस्तो जटिल खालको समस्या कसैमाथि नदेखिएको वडा अध्यक्ष बुढाथोकीले बताउँनु भयो ।
उहाँले आगामी दिनमा वडा वासीको सेवा र सुविधाका लागी यस्ता खाले कार्यक्रमहरुको आयोजना गर्दै जाने सहभागी माझ प्रतिबद्धता व्यक्त गर्नु भयो ।आफ्नो वडा कार्यालयमा निशुल्क स्वास्थ्य शिविर संचालनको लागि बाताबरण निर्माण गर्ने नगरप्रमुख प्रकाश भण्डारी,शिविर आयोजना गर्ने सिटिजन बैंक परिवार र शिविरमा खटिनुहुने डाक्टर तथा स्वास्थ्यकर्मी लाई वडा अध्यक्ष बुढाथोकीले धन्यवाद दिनु भएको थियो ।