नेकपा एकीकृत समाजवादी सल्यानको नवौं जिल्ला अधिवेशन सुरु

२१ चैत्र २०८१ /सल्यान

नेकपा एकीकृत समाजवादी सल्यानको नवौं जिल्ला अधिबेशन उद्घाटन गर्दै पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले
ब्यक्तिवादी सोच र बिचार हाबी हुदा नेकपा एमाले फूटेको बताउँनु भएको हो ।

बुधबार सल्यान खलंगामा भएको पार्टीको नवौं जिल्ला अधिवेशनमा बोल्दै उपाध्यक्ष पाण्डेले, जनताले मत दिएर दुइतिहाइको सरकार बनेको र केपि वलीले एकल निर्णय लाद्न खोज्दा कम्युनिस्टहरुको एकता टिक्न नसकेको र केपिकै अहमताका कारण एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको बताउँनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले अवका दिनमा जनताको बिस्वास लिएर समाजवादको आधार स्तम्भ तयार पार्ने अभियानमा आफुहरु लागि परेको बताउनुभयो । पुर्वमन्त्री समेत रहनु भएका पाण्डेले बिकास र समृद्धिको संकल्प पुरा गर्नको लागी सहकार्य र समन्वय आवश्यक रहेको बताउदै आफ्नो पार्टीको एकता ब्यक्तिगत लाभ र सोचलाई त्याग गरेर बिचार र निष्ठा बोकेर हिड्ने पार्टीसंग मात्रै हुने बताउनुभएको हो ।

यस्तै अधिवेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख प्रकाश ज्वालाले आफुहरु समयको माग अनुसार अघि बढेको र पार्टीले सुशासन र पारदर्शितालाई मुख्य केन्द्रमा राखेर जनताको काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका ज्वालाले जनताका मुद्दामा आफुहरु प्रतिवद्व भएको र जनताकै मुद्दा लाई केन्द्रमा राखेर समाजवादी पार्टीलाई एमाले बाट अलग गराउन आफुहरुले कर्णाली बाट बिद्रोहको जग खडा गरेको बताउनु भयो ।
प्रतिगमन र पार्टी भित्रको मनपरीतन्त्र एमाले भित्रका इमानदार नेता कार्यकर्ता सहन गार्‍हो भएको र त्यसकै उपलब्धि नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको बताउनु भयो ।

अधिवेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रिय सचिब चन्द्र बहादुर शाहीले पार्टीलाई जीवन्त राख्न सबै नेताकार्यकर्ता एकीकृत हुन आवश्यकता रहेको बताउनुभयो । उहाँले आफ्नो पाटिको लक्ष उद्देश्य र बिचार जनमुखि भएको भन्दै पार्टी झन सशक्त बन्दै जाने बताउनु भयो ।

 

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु उदय बहादुर बोहरा, भद्रसिंह बुढा, लोक बहादुर डाँगी, शारदा परियार, प्रेमा अधिकारी, हरी केसी, प्रदेश कमिटी सचिब धिर बहादुर बिष्ट, सुर्खेत जिल्ला अध्यक्ष खड्ग बहादुर केसीले पनि बोल्नु भएको थियो । उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मान बहादुर मल्ल, रास्वपाका जिल्ला अध्यक्ष प्रकाश नेपाली, नेकपाका केन्द्रिय सदस्य मदन सी लगाएतले अधिवेशन सफलता शुभकामना सहितको मन्तव्य राख्नु भएको हो ।

कार्यक्रमको उद्घाटन अघि बाजागाजा र झाकी सहित सदरमुकाम खलंगामा र्याली निकाएको थियो ।नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम कुमार खड्गीको अध्यक्षता, प्रदेश कमिटी सदस्य भोला केसीले स्वागत मन्तव्य बाट सुरु भएको, कार्यक्रमको संचालन पार्टी सचिब रमेश गौतमले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस