१८ चैत्र २०८१/ सल्यान
नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले अराजक प्रवृत्तिका विरुद्ध आफ्नो पार्टी सशक्त भएर लाग्ने बताउँनु भएको छ ।उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफ्नो पार्टी प्रतिबद्ध भएर लागि परेको बताउनु भयो ।
सोमबार नेकपा एमाले सल्यानले,सल्यानको खलंगामा गरेको जनजागरण सभाका प्रमुख अतिथि समेत रहनु भएका शाहले, देशको लोकतान्त्रीक प्रणाीलाई भत्काउन खोज्नेहरुका विरुद्ध सबै नागरिक सचेत बन्नुपर्नेमा जोड दिनु भयो नेता शाहले अब कुनै पनि अवस्थामा निरंकुश शासन सम्भव नभएको भन्दै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको पक्षमा काम गरेपछि त्यसलाई असफल गराउने प्रयत्न स्वरुप देशीविदेशी शक्ति लागिपरेको उल्लेख गर्नुभयो । यस्ता शक्तिहरूको विरुद्ध गणतन्त्रका पक्षधरहरूले सामूहिक रूपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको भन्दै यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्व बुझाउनुपर्ने बताउनुभयो ।उहाँले संविधान र राष्ट्रिय स्वाभिमान अनी स्वतन्त्रताको रक्षा नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष जनपरिचालन कमिटीका संयोजक तथा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा एमाले प्रशेश कमिटी सदस्यहरुको तर्फबाट घनश्याम शर्मा, जनसंगठनका केन्द्रीय सदस्यहरुको तर्फबाट सनसिलता वली डिसी, पालिका कमिटीहरुको तर्फबाट महेश देवकोटा तथा दुर्गाराम रेग्मी लगाएतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाइ स्वागत गरिएको थियो ।
नेकपा एमाले सल्यानका जिल्ला कमिटी उपसचिव गणेशमान सिंहको स्वागत मन्तव्यबाट सुरु भएको जनजागरण सभा कार्यक्रमको संचालन सचिव पुष्पा बोहराले गर्नुभएको थियो ।