१४ चैत्र २९८१ / सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानमा लडेर घाइते भएका एक जना व्यक्तिको ज्यान गएको छ ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएका बागचौर नगरपालिका-७ टाट्केका ७३ वर्षीय टिकाराम वली कार्यालय परिसरमै लडेर घाइते भएका र उपचारका लागी सल्यान अस्पतालमा लिदा डाक्टरले मृत घोषणा गरेको हो ।
घाइते वलीको अवस्था गम्भीर भएपछि भान्जा मस्त बहादुर भण्डारीको रोहवरमा उनलाई उपचारका लागि सल्यान अस्पताल लगिएको प्रहरीले जनायो । घटना पछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमान्डमा पाँच जनाको टोली खटिएको थियो।
राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन पुगेका सेवाग्राही वली बहिरबाट कार्यालयको ढोकामा पुगेर ढलेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनु भएको छ ।
सिसि टिभिको फुटज अनुसार वली बाहिरबाट ढोकामा पुगेर अडिन खोजेको र एक्कासि लडेपछि टाउकोमा चोट लागेको थियो,