१२ चैत्र २०८१/ सल्यान
अनेरास्ववियु (क्रान्तिकारी)ले सल्यानको श्रीनगरमा सरकारले गरेको निर्णयविरुद्ध प्रदर्शन गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्सन गरेको हो ।
मंगलबार साझ भएको उक्त प्रदर्सन कार्यक्रमको कोणसभामा बोल्दै
संगठनका केन्द्रीय सदस्य मनोज बुढा, वाइसिएल नेपालका जिल्ला अध्यक्ष धन बहादुर परियार र संगठनका जिल्ला अध्यक्ष गणेश वलीले सरकारको चालेको कदम जनविरोधी भएको बताउनु भएको छ ।उहाँहरुले यसले देशलाई घाटा गर्ने र अहिलेको सरकारले भ्रष्ट, तस्कर, माफियालाई जोगाउन गलत काम गरिरहेको बताउनु भएको हो । यस्तो गलत जनघाती कदम चाल्ने सरकारका बिरुद्धमा सचेत नागरिकले आवाज उठाउनु पर्ने बताउनु भयो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गोप्य राखेको निर्णय मन्त्रीले सार्वजनिक गरिदिएपछि यसक्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमान हटाउने निर्णय फिर्ता लिन माग गरेका थिए ।
श्रीनगर विच बजारबाट निस्किएको जुलुस बजार हुँदै उद्योग वाणिज्य संघको अगाडि पुगी कोण सभामा परिणत भएको हो ।