११ चैत्र २०८१/ दाङ
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दाङ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको अधिवेशन बाट नारायण न्यौपाने अध्यक्ष पदमा निर्वाचित बन्नु भएको हो । जस्को उपाध्यक्षमा विरेन्द्र खत्री,सचीवमा मोतिलाल न्यौपाने,सहसचिवमा मनोज गोरखाली र कोषाध्यक्षमा निमकुमार श्रेष्ठ निर्वाचित हुनु भएको हो ।
यस्तै पछि १ जना थप्ने गरि सदस्यहरुमा छविलाल डाँगी, सम्भु पोख्रेल, सुदन बुढाथोकी, रञ्जन गौतम र इमान सिंह सदस्यको रुपमा चयन हुनु भएको हो ।
उद्घाटन सत्रमा बोल्दै नेपाली काङ्ग्रेस दाङका पार्टी सभापति शंकरप्रसाद डाँगीले अधिवेशन सफलताको शुभकामना दिदै
व्यसायीहरुले लाखौको लगानि लगाएर व्यवसाय गरेका व्यवसायीहरु विभिन्न समस्यामा रहेको बताउनु भयो ।
उहाँले राज्यले व्यवसायीक सुरक्षाको लागि ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका डाँगीले
हरेक संस्था विधि अनुसार चल्नु पर्ने भन्दै विधि अनुसार चलेमा व्यवसायीहरुको पनि उन्नती हुने र आफ्नो हकहितका लागि व्यवसायीहरु संगठित र एक भयर विधि अनुसार चल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा २( ख)का सभापति खिमबहादुर वलीले राज्यले पनि यातायात व्यवसायीहरुको उचित माग सम्वोधन गर्नुपर्नेमा जोडदिनु भयो । त्यस्तै नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष यमकान्त भण्डारी, सचिव सुरेश हमालले नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले भरखरै पाटीको सुवेच्छुक संस्थाको मान्यता पाएको भन्दै व्यवसायीक हक हितका लागि लाग्नु पर्ने बताउनु भयो ।
अधिवेसनमा यातायात व्यवसायी महासंघका उपाध्यक्ष चिन्तामणि आचार्य, सुरेन्द्र केसी, नेपाल यातायात मजदुर संघ दाङका सचिव मोतिलाल न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघका अध्यक्ष उमेशचन्द्र मजगैयाँको अध्यक्षता र उपाध्यक्ष विरेन्द्र खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा तुलसीपुर खानेपानी संस्थामा नवनिर्वाचित अध्यक्ष यमकान्त भण्डारी र कार्यालय सञ्चालनका लागि निशुल्क घर उपलव्ध गराउने यातायात व्यवसायी छवि डाँगीलाई सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन सचिव घनश्याम बस्नेतले गर्नु भएको थियो ।