सल्यान उद्योग वाणिज्य संघको १३ औ बार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन्न

९चैत्र २०८१/ सल्यान

सल्यान उद्योग वाणिज्य संघ सल्यानको १३ औं बार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन भएको छ ।

कृषि,पशु,बन,उद्योग,व्यापार,पर्यटन,विकासको परिकल्पना, व्यवसायीकरण द्वारा आर्थिक उन्नति गरि समृद्ध समाजको स्थापना भन्ने नारा सहित,शनिबार सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो समयमा जनताले सुशासनको प्रत्याभूति गर्न नपाएको बताउनु भयो ।उहाँले व्यवस्था बदलिएपनी जनतालाई सम्पुर्ण अधिकार दिलाउन नसकिएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ज्वालाले सत्तामा पुगिसके पछि जनतालाई बिर्सन खोज्ने प्रचलनले राजनीतिक दल प्रती जनताको बिश्वसनियता गुम्दै गएको बताउनु भयो ।उहाँले कुनै पनि नेता जनप्रतिनिधिको रुपमा निर्वाचित भैसकेपछी सम्पुर्ण जनताको साझा भएर काम गर्नु पर्ने बताउनु भयो ।संघिय सांसद ज्वालाले आफू मन्त्रीहुँदा सल्यानको बिकासका लागि मुख्य प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउनु भयो ।ज्वालाले राप्ती राजमार्गको स्तर वृद्धि,मदनभण्डारी राजमार्गको काम थालनी र अन्य महत्त्वपूर्ण योजनाहरु कार्यान्वयन चरणमा रहेको बताउदै थप बिकासको लागि निरन्तर पहल गर्ने बताउनु भयो ।उहाँले सल्यान उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा सफलताको शुभकामना दिदै सल्यानी जनताको इच्छा र आकंक्षा अनुसारका काम गर्दै जान कार्यसमिति लाई अनुरोध गर्नु भयो ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग बन बाताबरण मन्त्री सुरेश अधिकारीले सल्यान जिल्ला भित्रका उद्योगी,व्यापारी,व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ सल्यानको बिकासकालागी आफुहरु सधै तत्पर रहदै आएको बताउनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनुभएका अधिकारीले कृषिजन्य बस्तु उत्पादनको हिसावले सल्यान जिल्ला अन्य जिल्लाको तुलनामा अग्रनीय रहेकाले साना तथा मझौला उद्योगको माध्यम बाट आत्म निर्भर बन्न सकिने बताउनु भयो ।उहाँले सल्यान बाट बार्षिक अरबौको कृषिजन्य बस्तु निर्यात हुने बताउदै त्यसलाई प्रसोधनको व्यवस्था गर्न बाताबरण निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा पुर्व भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जिल्लाको कृषि, पर्यटन,उद्योग लगाएतका क्षेत्रमा आफुले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो ।उहाँले सल्यान जस्तो जिल्लामा उत्पादनमा आधारित उद्योग संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।शर्माले कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा सल्यान जिल्ला धेरै कुराले अगाडि रहेको र यस्लाई अझै पनि व्यवस्थापन गरेर अगाडि बढ्न सके सवैलाई फाइद हुने बताउनु भयो ।

साधारणसभा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको,नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष तथा सल्यान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुदन श्रेष्ठ दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर के.सी,कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर के.सी.शिद्वकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत,प्रमुख जिल्ला अधिकारी सावित्रा पुन,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरि प्रकाश बुढाथोकी( मिलन) नेकपा एकीकृत समाजवादी सल्यानका जिल्ला अध्यक्ष राम कुमार खड्गी,नेपाल कम्युनिस्ट विप्लवका जिल्ला इन्चार्ज मोहलाल चन्द (आधा)नेकपा एमाले शारदा नगरकमीटी अध्यक्ष महेश देवकोटा,,राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानका सभापति प्रकाश नेपाली,राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्यान क्षेत्रनं.२ का अध्यक्ष सन्तोष राई लगाएतले उद्योग वाणिज्य संघ सल्यानले सस्थामा आवद्ध सम्पुर्ण सदस्यहरुको अभिभावकत्व गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय सल्यानका प्रमुख यज्ञरत थापा,
राष्ट्रिय अनुसन्धान कार्यालय सल्यानका प्रमुख नेवबहादुर राणा,
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेत,
राष्ट्रिय भुमि समस्या समाधान आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजवाल,डिभिजन बन कार्यालय सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावल,सल्यान उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष कुमार बुढाथोकी,पुर्व अध्यक्ष सुगन्ध कुमार राई,रुकुम पश्चिम उद्योग बाणिज्य संघका उपाध्यक्ष दयाराम के.सी,
शारदा नगरपालिका वडानं.१२ का वडा अध्यक्ष सुरेन्द्र बुढा,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत,गैरसरकारी
संघ संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी,श्रीनगर बजार व्यवस्थापन समितीका अध्यक्ष हपिस भण्डारी,इलाका प्रहरी कार्यालय श्रीनगरका इन्चार्ज गोपाल मल्ल,ग्लोबल आइएमई बैंक लिमिटेड श्रीनगरका शाखा प्रवन्धक कृष्ण सोडारी,मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा प्रवन्धक हरि कोणडिया,एनआइसी एसीया बैंक श्रीनगरका दिपक सिंह यरी,एन आइसी एसीया इन्सुरेन्स श्रीनगरका शाखा प्रमुख ठाकुर खड्का,मेरुवे लघुवित्तीय संस्थाका शाखा प्रमुख गोपि भुमी,सुर्यज्योती लाइफ इन्सुरेन्स श्रीनगर शाखा प्रमुख रमेश खड्का,पत्रकारहरु दिपक शर्मा,बुद्धिमान पुन,सरिता चलाउने,खकेन्द्र केसी,आशिष् के.सी,अमृत बुढाथोकी,प्रदिप मगर सल्यान जेसीस सल्यानका शाखा अध्यक्ष मोहन डाँगी,नेपाल औषधि व्यवसायी संघ सल्यानका अध्यक्ष घनश्याम अधिकारी,शिवजन माध्यमिक बिधालय शितलपाटीका विव्यस अध्यक्ष यज्ञविक्रम शाह,सल्यान उद्योग वाणिज्य संघ सल्यानका सल्लाहकार संयोजक , उदिराम डाँगी,सल्लाहकारहरु मनोज सिंह,तिलक बहादुर डाँगी,तारादेव रोका,विश्वनाथ सिंह,कानुनी सल्लाहकार इन्द्र प्रकाश भण्डारी,जिल्लाका उद्योगी,व्यापारी,व्यवसायी,कर्मचारी लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट उद्योग वाणिज्य पत्रकारीता पुरस्कार बाट पत्रकार अमृतकुमार बुढाथोकी लाई सम्मान गरिएको छ भने,सल्यान उद्योग वाणिज्य संघका मानार्थ सदस्य दिपेन्द्र कुमार खत्रीले स्थापना गर्नु भएको लिला कालू छात्रवृत्ति अक्षयकोष बाट २०८० सालको एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने शारदा नगरपालिका वडानं.१० कि गंगा बुढाथोकी र सल्यान उद्योग वाणिज्य संघको आर्थिक बर्ष २०८१/ ०८२ मा आजिवन सदस्यता लिनुहुने संघका सल्लाहकार तिलक डाँगी लाई सम्मान गरिएको हो ।

उद्घाटन सत्र सम्पन्न भएपनी साधारणसभाको बन्द सत्रमा सदस्यहरुको गणपुरक संख्या नपुगेकाले चैत्र २५ गते बिहान ११ बजे देखि कार्यालयको हलमा बन्द सत्रका कार्यक्रमहरु गरिने सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।उहाँले सोही दिन सम्पुर्ण सदस्यहरुलाई सहभागीताको लागि अनुरोध समेत गर्नु भएको छ ।

सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण, महासचिव मोहन सारुले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस