८ चैत्र २०८१/ सल्यान
जनक्रान्तिका महान सहिद परिवार समाज, नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शुक्रवार जिल्लाको बागचौरमा भएको तेस्रो जिल्ला सम्मेलनले रविकिरण वलीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा देवी केसी, सचिवमा हेमन्त वली, सहसचिवमा रविन भडेल र कोषाध्यक्षमा हुमेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ भने,सम्मेलनबाट सबै पालिकालाई समेट्ने गरि सदस्य निर्वाचित गरिएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृति बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका प्रदेश अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक दिलमाया बुढा मगर को अध्यक्षता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य देवीलाल गौतम, केन्द्रीय सदस्यहरू टिकाराम वली, चित्र बहादुर केसी, समाजका केन्द्रीय सदस्य शान्ति ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सम्मेलनले पालिका स्तरमा बैशाख २० गते भित्र भेला तथा सम्मेलन गर्ने र सहिद परिवारको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ ।