मृतक गाडी व्यवसायीको परिवारलाई १० लाख रकम हस्तान्तरण

७ चैत २०८१/ सल्यान

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. दाङले मृतक गाडी व्यवसायीको परिवारलाई १० लाख रकम हस्तान्तरण गरेको छ ।

विहिवार प्रा.लि.का अध्यक्ष सुरेश हमालले केहि समय पहिले घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जेखोलामा सवारी दुर्घटनामा परि ज्यान गुमाउनु भएका दाङ नारायणपुरका गाडी व्यवसायी दिलिप केसीको श्रीमती कमला केसीलाई दुर्घटना बिमा वापतको १० लाख रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।चेक हस्तान्तरण गर्दै अध्यक्ष हमालले आफ्नो प्रा.लि.मा आवद्ध गाडी व्यवसायीको सडक दुर्घटनामा परी निधन हुँदा आफुहरु दुखी भएको र मृतक प्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भयो ।अध्यक्ष हमालले आफ्नो प्रा.लिमा आवद्ध सम्पुर्ण गाडी व्यवसायी,कर्मचारीहरुको १० लाख बराबरको बिमा गराएको र कुनै पनि कारणले सम्बन्धित व्यक्तिको निधन भएको खण्डमा मृतकको परिवारलाई १० लाख रकम हस्तान्तरण गर्दै आएको बताउनु भयो ।
यस्तै गाडी व्यवसायीको कुनै पनि कारणले मृत्यु भएको खण्डमा अफिस बाट २ लाख बराबरको राहत दिदै आएको समेत बताउनु भयो ।उहाँले उक्त राहत पाउनको लागी आफ्नो नाममा भएका कुनै पनि गाडी अन्य  प्रा.लि.मा हुन नहुने नीति रहेको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रा.लि.का प्रशासनिक सचिव नारायण प्रशाद न्यौपानेले आफ्नो प्रा.लि.मा आवद्ध सम्पुर्ण व्यवसायी,कर्मचारी र मजदुरहरुको हकहितका लागि रचनात्मक कार्यहरु गर्दै आएको बताउनु भयो ।

प्रा.लि.बाट १० लाख रकम पाउँदा आफू खुसी भएको मृतक दिलिप केसीकी श्रीमती कमला केसीले बताउनु भयो । श्रीमान गुमाउनुको पीडा मनभरी भए पनि प्रा.लि.ले १० लाख रकम दिदै छ भन्ने सुने लगत्तै आफू लगाएत परिवारमा केही राहतको अनुभव भएको बताउनु भयो ।उहाँले उक्त रकमलाई उत्पादन शिल क्षेत्रमा लगानी गर्ने बताउँनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममामा प्रालिका संरक्षक भरतनाथ योगी, उपाध्यक्ष मान बहादुर डाँगी,कोषाध्यक्ष प्रेमबहादुर रावत,प्रशासनिक सह संयोजक पृतम कुमार श्रेष्ठ, कल्याणकारी सह संयोजक ज्ञानु  केसी,हरि प्रशाद भट्ट ( राजु) लेखा सह संयोजक बिरेन्द्र केसी,कल्याणकारी सचीव भरत राज श्रेष्ठ,बिमा संयोजक तेज प्रशाद अधिकारी,काठमाण्डौ रुट संयोजक शेवक डाँगी,देउखुरी रुढ संयोजक नवराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रा.लि.का प्रेस सल्लाहकार शरद रेग्मीले गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस