३ चैत्र २०८१/ दाङ
स्वर्गीय हिरा डाँगीको ५ औ पुन्यतिथिको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर दाङको आयोजनामा आइतबार बिहान भएको उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेको फाउन्डेसनका सदस्य कलसिङ थापाले जानकारी दिनु भयो ।उहाँका अनुसार रक्तदान गर्नेहरुमा नेपाल विद्यार्थी संघका बिद्यार्थीहरु बढी रहेको बताउँनु भयो ।
फाउन्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षता र उपाध्यक्ष प्रेसरकुमार गीरीको व्यवस्थापनमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उक्त कार्यक्रम सम्पन भएको थियो ।
२०७६ सालमा मृत्यु भएका हिरा सिंह डाँगीको सम्झनामा स्थापना गरेको फाउन्डेसनले दाङ जिल्लामा शिक्षा,स्वास्थ्य र खेलकुद क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको सदस्य थापाले जानकारी दिनु भयो ।