२ चैत्र २०८१/ दाङ
दाङमा भएको सडक दुर्घटना सल्यानकी ९ बर्षिया बालिकाको ज्यान गएको छ ।

शनिबार तुलसीपुर उपमहानगरपालिका-९ मा ट्याक्टरले ठक्कर दिदा सल्यान छत्रेश्वरी गाउँपालिका २ गहुरेकि ९ वर्षीया दिपशिखा वलीको ज्यान गएकोईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर-९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताउनु भयो ।
तुलसीपुर आफन्तको घरमा बस्दै आएकी बालिकाको मृत्युु पछि आफन्तले सडक जाम गरेका छ्न भने पीडित पक्ष संग बार्ता बस्ने तयारी भैरहेको प्रहरीको भनाइ छ ।