आगलागीमा परि ६५ बर्षिया बृद्धको मृत्यु

१ चैत २०८१/ सल्यान 

सल्यानना आगलागीमा परि एकजनाको ज्यान गएको छ ।

 

खरबारीमा लागेको आगो नियन्त्रण गर्ने क्रममा त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेतको ज्यान गएको हो ।

 

शुक्रबार दिउँसो करिब ३ बजे तिर श्रीमान श्रीमती घाँस काटन गएको समयमा खरवारीमा अचानक आगलागी भएको र आगो नियन्त्रण गर्ने क्रममा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।आगलागीबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

वडाध्यक्ष कर्ण देव डाँगीका अनुसार श्रीमान श्रीमतीसँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घाँस काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएकी थिइन । गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एकासी आगलागी बाट मृत्यु भएको अवस्थामा भेटिएका थिए । एक्कासी आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस