२७ फागुन २०८१/ सल्यान
चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल सिलाउने प्रतियोगिता सम्पन्नसल्यानमा चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल सिलाउने सीप प्रतियोगिता सम्पन भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा खलंगामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यालयको चालु आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त कार्यक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
फागुन २६ र २७ गते संचालन गरिएको उक्त प्रतियोगितामा
दार्मा गाउँपालिका–३ निवासी रमेश परियार प्रथम, त्रिवेणी गाउँपालिका–१ निवासी हरीकुमारी पुन दोस्रो र बनगाड कुपिण्डे नगरपालिका–८ निवासी दलिकुमारी थापा तेस्रो हुनु भएको हो ।चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल डिजाइनर पाण्डव कुमार दमाई रहेको उक्त तालीममा जिल्लाका विभिन्न स्थानीय तहबाट ७ जना प्रतिस्पर्धिको सहभागिता रहेको थियो । कार्यक्रममा बिजेताहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यान का उपप्रमुख असविर बुढाथोकीले क्रमश २० हजार,१० हजार,७ हजार नगद सहित प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले गर्नु भएको थियो ।