जनतासंग माओवादी अभियान अन्तर्गत कपुरकोट र कुमाखमा बैठक सम्पन्न

२३ फागुन २०८१/ सल्यान

नेकपा माओवादी केन्द्रले जनतासंग माओवादी अभियानमा संगठन सुदृढीकरण तथा पार्टी बलियो बनाउने कामलाइ तीव्रता दिएको छ।

अभियान अन्तर्गत कपुरकोट गाउँपालिका-६ र कुमाख गाउँपालिका-५ मा बैठक सम्पन्न भएका हुन ।
कपुरकोट गाउँपालिका-६ मा शुक्रबार वडा पदाधिकारी तथा अगुवा नेता-कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ। बैठकले गणेश बुढाथोकीको संयोजकत्वमा २१ सदस्यीय वडा सम्मेलन तयारी समिति गठन गरेको छ। साथै, टोलस्तरका भेटघाट तथा अभियानका कार्य योजनाहरू पारित गरिएको गाउँपालिका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
बैठककै क्रममा जनयुद्धकालीन मिलिसिया तथा जनमुक्ति सेनामा लामो समय योगदान दिएका, पछि निष्क्रिय भएका र पछिल्लो पाँच वर्षदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका वेदबहादुर थापा पुनः नेकपा माओवादी केन्द्रमा समाहित हुनुभएको छ । पार्टीमा फर्किएका थापालाई अबिर अवरणसहित स्वागत गरिएको थियो ।
उता कुमाख गाउँपालिका-५ मा पनि बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पालिका स्तरको बैठकपछि वडा नं. २, ३, ७ र ६ मा बैठक सम्पन्न भइसकेको र वडा तहमा संगठन विस्तारका गतिविधिहरू तीव्र रूपमा चलिरहेको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य दिलमाया बुढामगरले संविधान लेख्ने तागत जस्तै अहिले पनि माओवादीको बलियो भूमिका आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले देशलाई अन्धकारबाट उज्यालो बनाउने माओवादीको अभियान निरन्तर रहने बताउनु भयो ।
त्यस्तै, प्रदेश सदस्य हरिप्रकाश बुढाथोकीले अहिलेका ठूला भनिएका पार्टीहरू एक भएर उभिएको अवस्थामा हतियार होइन, विचारका दृष्टिले संघर्ष जारी रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्यहरू रमेश बुढाथोकी, पदम बुढा, हिरासिंह बस्नेत र लालविर परियारले सम्बोधन गर्नु भयको थियो ।
कार्यक्रमको अध्यक्षता टिकाराम कुमाइले गर्नु भएको थियो भने,सञ्चालन लिला बहादुर बुढाथोकीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस