पशु सेवा स्वास्थ्य शिविर सम्पन्न

२२ फागुन २०८१/ सल्यान 

सल्यानको शारदा नगरपालिकामा पशु सेवा स्वास्थ्य शिविर सम्पन भएको छ ।

नगरपालिका अन्तर्गत वडा नम्बर १५ को हरलेमा एकदिने पशु सेवा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ८४ जना किसानले पालेका १९सय २४ वटा पशुपंक्षिलाई उपचार तथा स्वास्थ्य सेवा दिएको शारदा नगरपालिका पशु सेवा
शाखामा कार्यरत सहायकस्तर पाँचौँ मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।उहाँका अनुसार शारदा नगरपालिका पशुसेवा शाखाको आयोजना र वडा कार्यालयको स्थानीय व्यवस्थापनमा बुधबार पशु स्वास्थ्य विशिर सम्पन्न भएको हो । उपाध्यायले शिविरमा २० वटा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन दिइएको, ३ वटा बोकालाई खसी बनाइएको र १४ वटा भैँसीलाई जुकानाम्लेको औषधि दिइएको बताउँनु भयो ।यस्तै ८सय ९९ बाख्रा, ८सय ९५ कुखुरा र ९३ गाईगोरु को उपचार तथा परामर्श सेवा दिइएको हो ।

शारदा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा भएको शिविरमा डा. जेनिसा राई, सहायकस्तर पाँचौँ उपाध्याय सहित वडाका प्राविधिकको टोलीले विशेषज्ञ पशु सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस