बागचौर नगरपालिकाको तेस्रो मेयर कप उपाधी वडान.३ लाई

१९ फागुन २०८१/ सल्यान

बागचाैर नगरपालिकाकाे तेस्रो मेयर कप खेलकुद प्रतियोगिताको उपाधी वडानं.३ ले हात पारेको छ ।

फागुन १४ गते देखी१९ गते सम्म थारमारेमा संचालन भएको मेयर कप प्रतियोगितामा ७ स्वर्ण, १ रजत र १ कास्य पदक सहित वडा नं.३ ले प्रथम स्थान हातपारेको हो ।त्यस्तै २ स्वर्ण, ३ रजत र ६ कास्य पदक सहित वडा नं.१२ दोस्रो र २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित वडा नं. २ तेस्रो भएका छन् ।

 

प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्टका खेलहरु समावेश गरिएको थियो ।
सोमवार कार्यक्रम समापन गर्दै,विभिन्न विधामा जित हासिल गरेका र उत्कृष्ट बनेका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियाे । यस्तै मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा कार्यालय, विभिन्न विद्यालय, रेफ्रि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक लगायतलाई कदर पत्र तथा सम्मान पत्र द्वारा सम्मान गरिएको हो ।

बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा सम्पन भएको उक्त समापन कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार सन्जीव देवकोटाले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस