पेशागत महासंघ सल्यानको अध्यक्षमा भण्डारी निर्वाचित

१७ फागुन २०८१/ सल्यान

पेशागत महासंघ सल्यानको जिल्ला अध्यक्षमा बिष्णु भण्डारी निर्वाचित हुनु भएको छ ।

शनिबार सल्यानको श्रीनगरमा सम्पन्न भएको नेकपा (एमाले) निकट पेशागत महासंघको अधिवेशन बाट भण्डारी अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो ।जस्को उपाध्यक्षमा भुम प्रकाश भण्डारी, विपना बुढा, सचिबमा जगत बहादुर बुढाथोकी, उपसचिबमा छबिलाल बुढाथोकी, कोषाध्यक्षमा भानुभक्त भण्डारी र सदस्यहरुमा कविता पुन, दिपेश कुमार यादव, दुर्गादेवि घर्ति र बसन्त केसी निर्वाचित हुनु भएको छ ।

पेशागत महासंघ सल्यान र नेपाल बुद्धिजिवि परिषद सल्यानको संयुक्तरुपमा भएको जिल्ला अधिबेसनको उद्धघाटन नेकपा (एमाले) सल्यानका अध्यक्ष तथा प्रमुख अतिथि भिम बहादुर सेनले पानसमा बत्ति बालेर गर्नुभएको थियो भने अधिबेसनको विशिष्ट अतिथिमा नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा जन संगठन विभाग प्रमुख ओज बहादुर बुढाथोकी र नेपाल बुद्धिजिवि परिषदका कर्णाली प्रदेश इञ्चार्ज लाल प्रसाद उप्रेदी रहनु भएको थियो।

त्यस्तै अधिबेसनमा नेपाल बुद्धिजिबि परिषदका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज डा. हरी प्रकाश चन्द, नेकपा एमाले सल्यानका उपसचिब सनशिलता वली, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, नेकपा एमाले सल्यानका सचिवालय सदस्यहरु किशोर कुमार हमाल, जालना भण्डारी, फौद बहादुर बस्नेत, नेकपा एमाले छत्रेश्वरी अध्यक्ष ज्ञान बहादुर खड्का, नेकपा एमाले कपुरकोट अध्यक्ष मधुसुधन गिरी, निजामती कर्मचारी संगठन सल्यानका उपाध्यक्ष निरज परियार, प्रेस चौतारी सल्यानका अध्यक्ष भुम प्रकाश भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश सदस्य भुमाल साहु, नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका अध्यक्ष विन्दुर केसी लगायत हेमा सुबेदी, केशब कुमार केसी, अतिथ्यता रहेको थियो ।

पेशागत महासंघ सल्यानका उपाध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको अधिबेसनको सहजिकरण नेपाल बुद्धिजिबि परिषद सल्यानका निवर्तमान अध्यक्ष पदम खड्काले गर्नू भएको थियो ।

प्रतिक्रिया दिनुहोस