१६ फागुन २०८१/ सल्यान
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शिद्वकुमाख ढोरचौर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
साक्षरता कार्यक्रममा सहभागीहरुलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।
उक्त कार्यक्रममा बचत, लगानी, ऋण व्यवस्थापन, डिजिटल बैंकिङ्ग, र वित्तीय सुरक्षाका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिक तथा लघु उद्यमीहरूलाई वित्तीय व्यवस्थापनमा सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
समापन समारोहमा संस्थाका प्रदेश प्रमुख वसन्त सुवेदी, अनुगमन अधिकृत अशोक कुमार बोगटी, शाखा प्रमुख भीम बहादुर बोहरा, कर्मचारीहरू कमल वली र सुशील रोका, साथै स्थानीय प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा सिद्धकुमाख गाउँपालिका–३ का वडा अध्यक्ष जीवराज बोहरा, निराजन माविका अध्यक्ष झुपे थापा, प्रधानाध्यापक धर्मराज घर्ती स्थानीय बासिन्दा र ग्राहकहरू सहभागि भएका थिए।