नेपाल राष्ट्र बैंक सुर्खेतको एक दिने गोष्ठी सल्यानमा सम्पन्न

१० फागुन २०८१/ सल्यान

आर्थिक तथ्यांकको महत्त्व,उपादेयता तथा तथ्यांक संकलनका समस्याहरु बिषयक एक दिने गोष्ठी सल्यानमा सम्पन्न गरिएको छ ।

नेपाल राष्ट्रबैंक सुर्खेत कार्यालयको आयोजनामा शुक्रवार सल्यान खलंगामा भएको कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको बताउँनु भएको छ । उहाँले नेपाल राष्ट्र बैंकले तथ्याङ्क सङ्कलनको क्रममा देखिएका समस्या र ती समस्याहरूको समाधानको लागि सरोकारवाला संग छलफल गर्नु राम्रो पक्षभएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले यो कार्यक्रमले आर्थिक तथ्यांक सम्बन्धि समस्यामा परेका सल्यानका उद्योगी,व्यापारी,व्यवसायी लगाएत सरोकारवाला निकायहरुलाई फाइदा हुने बताउनु भयो ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका उपनिर्देशक विष्णुप्रसाद सुवेदी र सल्यान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद कुमार वलीले सहभागीहरु माझ समसामयिक बिषयमा मन्तव्य राख्नु भएको थियो ।

नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका कार्यालय प्रमुख राजन प्रशाद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बैंकले प्रकाशन गर्ने आर्थिक गतिविधिलाई अध्ययन प्रतिवेदनमा    समेटिएका  बिषय बस्तु बारेमा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा सल्यान जिल्ला भित्रका होटेल व्यवसाय संघ, कृषि विकास कार्यालय, डिभिजन वन कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय,खाने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्वास्थ्य सेवा कार्यालय, शारदा नगरपालिका, पूर्वाधार विकास कार्यालय,नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण,शारदा नगरपालिका भित्र रहेका वाणिज्य बैंकका शाखा प्रबन्धकहरू, व्यापारी बुद्धिजीवीहरू लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण
नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका  सहायक निर्देशक चिनिया   लामाले गर्नु भएको थियो ।

यस्तै उक्त कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालय लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा( आरके) महासचिव मोहन सारु,कार्यसमिति सदस्य बिरजंग वलीले उक्त ध्यानाकर्षण पत्र नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका कार्यालय प्रमुख राजन प्रशाद रेग्मी लाई बुझाउनु भएको हो ।

चार बुदे ध्यानाकर्षण पत्रमा नेपाल राष्ट्र बैंकले क्षेत्रगत आर्थिक वित्तीय तथ्यांक संकलन एवं विश्लेषण गर्नुका साथै सो सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै आएकोमा, तथ्यांक संकलनमा समस्या भएकाले सहि तथ्यांक संकलन नगरी नेपाल राष्ट्र बैंकले पेश गरेको प्रतिवेदनका कारण सल्यान जिल्लाका निर्माण व्यवसायीहरूले महगो दर भाउमा सामान खरिद गरि,मूल्य निर्धारणमा बेरुजु घाटा देखेर बेरुजु तिर्नु पर्ने गुनासो व्यवसायीहरु बाट आएको उल्लेख गरिएको छ । उक्त पत्रमा त्यस समस्याको समधान गर्नु पर्ने माग समेत पेश गरिएको छ ।

सल्यान उद्योग वाणिज्य संघ सल्यानका, अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ र महासचिव मोहन सारु द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल राष्ट्र बैंकले आर्थिक तथ्यांक संकलन गर्दा यथार्थता हुनु पर्ने,सवै बैंकहरुको व्याजदर समानान्तर हुनु पर्ने लगाएतका चार बुदा समेटिएको छ ।ध्यानाकर्षण पत्रमा नेपाल सरकार बाट सहुलियत कर्जा,व्याजदर छुट गरी आएकोमा,बिगत दुई बर्ष देखि बैंकहरुले छुट नदिएकोमा राष्ट्र बैंकले छुटको लागी पहल गर्नु पर्ने र बैंक तथा वित्तीय संस्थाहरुबाट व्यवसायीहरुले ऋण लिदा सल्यान उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य चाहिनु पर्ने व्यवस्था गर्दिन ध्यानाकर्षण पत्र बुझाइएको सल्यान उद्योग वाणिज्य संघका महासचिव मोहन सारुले बताउनु भयो ।

यस्तै ध्यानाकर्षण पत्र बुझ्दै नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका, प्रमुख राजन प्रशाद रेग्मीले ध्यानाकर्षण पत्रमा समेटिएका बिषय बस्तुलाई आवश्यकता अनुसार मथिल्नु निकायमा समन्वय गर्ने  विश्वास दिलाउनु भयो ।

प्रतिक्रिया दिनुहोस