उद्यमशीलता विकास तथा फलफूल प्रशोधन तालिम सम्पन

९ फागुन २०८१/ सल्यान

सल्यानमा उद्यमशीलता विकास तथा फलफूल प्रशोधन तालिम सम्पन भएको छ ।

एक जिल्ला, एक उत्पादन” कार्यक्रम अन्तर्गत १५ दिने उद्यमशीलता विकास ,फलफूल प्रशोधन तथा अचार बनाउने सीप विकास तालिम सम्पन्न गरिएको हो
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको आयोजनामा १५ दिने तालिम सञ्चालन गरिएको थियो, जसमा ९ स्थानीय तहका १५ जना सहभागी भएका थिए।

तालिमका क्रममा २० प्रकारका अचार बनाउने विधि सिकाइनुका साथै फलफूल सङ्कलन, ग्रेडिङ, प्रशोधन, प्याकेजिङ, लेखा व्यवस्थापन, बजार विस्तार तथा उद्यमशीलता विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यालय प्रमुख श्यामलाल खरालले जानकारी दिनु भयो ।
तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकीले सल्यानमा पाइने जडीबुटी तथा कच्चा पदार्थहरूको भरपूर उपयोग गर्दै व्यावसायिक रूपमा अघि बढ्नुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सीप सिकेर स्वरोजगार बन्ने अवसरबारे प्रकाश पार्दै अचार उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न सकिने कुरामा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डागीले उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको बताउँदै व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नु भयो ।
तालिममा सहभागीहरूले सिकेको सीपलाई भविष्यमा आम्दानीको स्रोतका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समापन कार्यक्रमको सहजीकरण ध्रुव खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस