पेट्रोल आपूर्तिको विषयमा सर्वपक्षीय वैठक सम्पन्न

९ फागुन २०८१/ सल्यान

सल्यानमा पेट्रोल आपूर्तिको विषयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

विहिवार जिल्ला प्रशासन कार्यालय सल्यानमा उक्त वैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्लामा समयसमयमा उठ्दै आएको पेट्रोल पम्पहरूमा पेट्रोल अभावको विषयमा छलफल गरिएको थियो।जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा भएको बैठकमा सरोकारवाला पक्ष तथा पेट्रोल पम्प सञ्चालकहरूबीच पेट्रोल आपूर्तिको अवस्था सुधार गर्ने विषयमा छलफल भएको हो । सहभागीहरूले पेट्रोल अभावका कारण उपभोक्ताहरूले भोग्नुपरेको समस्या वैठकमा उल्लेख गरेका थिय ।
पेट्रोल पम्प सञ्चालकहरूले पेट्रोलको नियमित आपूर्ति सुनिश्चित गर्ने तथा अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उपभोक्ताले आवश्यक समयमा पेट्रोल सहज रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउने तथा सम्बन्धित निकायले नियमित अनुगमन गर्ने निर्णय गरिएको हो ।

बैठक जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सल्यानका राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारी ,बजारव्यवस्थापन समिति,नागरिक समाजका प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस