निर्वाचनमा युवा सहभागीता सम्बन्धि अन्तरक्रिया सम्पन्न

६ फागुन २०८१/ सल्यान

सल्यानमा निर्वाचनमा युवा सहभागिता विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नवौं निर्वाचन दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै

प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख उल्लेख गर्नु भएको छ ।उहाँले ल्ल्ल्लसबै नागरिक, विशेष गरी युवाहरूलाई सचेत भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दै, स्वच्छ र निष्पक्ष निर्वाचन प्रणाली निर्माणका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताउँनु भयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी पुनले मतदानमा सीमित नरही सम्पूर्ण निर्वाचन प्रक्रियामा सक्रिय भूमिका खेल्न सवैलाई आग्रह गर्नु भयो ।

“निर्वाचनको प्रभावकारिता,निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता” भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै
युवाहरूले राखेका निर्वाचन सम्बन्धी जिज्ञासाहरूमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीले निर्वाचन प्रक्रियामा युवाहरूको सक्रियता बढाउन आवश्यक रहेको बताउनु भयो । उ लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न युवाहरूको सहभागिता अपरिहार्य भएको उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउन युवाहरू जागरूक हुनुपर्नेमा जोड दिनु भयो ।

निर्वाचन कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशर न्यौपाने, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, युवाहरू लगायतको उपस्थिति थियो।

निर्वाचन कार्यालय सल्यानका लेखापाल कविराम वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस