३ फागुन २०८१/ सल्यान
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सल्यान खलंगामा सम्पन भएको अधिवेशन बाट अमृत कुमार वुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
जस्को उपाध्यक्ष प्रसिद्ध डाँगी,समावेशी उपाध्यक्षमा अभिलाशा सिंह,सचिव कुल बहादुर रेउले,सहसचिवः कमल धिताल समावेशी सहसचिव प्रदिप पुन,कोषाध्यक्षः भरत घर्ती रहनुभएको छ ।यस्तै सदस्यहरुमा नवीन डि.सी.,संगम राना,रुपलाल चलाउने,विजय बस्नेत,जितेन्द्र महर्जन,बिष्णु गौतम,संगम बिहानि,सिर्जना बस्नेत,रेमन्त वि.क. चयन हुनु भएको हो ।
फोटो पत्रकार समुहको सल्लाहकारमा प्रतिक इच्छुक शर्मा,डिल्लीराज रावत,बामदेव के.सी. र खकेन्द्र के.सी.लाई चयन गरिएको छ ।अधिवेशनमा सल्यानमा फोटो पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकार योगराज बिक, खकेन्द्र के.सी,उत्तर कुमार साहु, प्रज्वल अधिकारी, र धुर्बराज ओलीलाई सम्मान गरिएको छ।
राष्ट्रिय फोटो पत्रकार समुह सल्यानका अध्यक्ष वामदेव केसीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले गर्नु भएको थियो ।यस्तै कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानका संस्थापक संयोजक प्रतीक इच्छुक शर्मा,नेपाल पत्रकार महासंघका सल्लाहकार शंकर के.सी.प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष सरिता चलाउने,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खकेन्द्र के.सी. फोटो पत्रकार समुहका सल्लाकार सुकदेव कसेरा, सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
फोटो पत्रकार प्रशिद्ध डाँगीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको संचालक अमृत वुढाथोकीले गर्नुभएको थियो ।