जनयुद्धको गतिमा पाँच बर्ष काम गर्ने हुटहुटी हो महासचिव विप्लव

१ फागुन २०८१/ सल्यान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पाँच बर्ष जनयुद्धको गतिमा काम गर्ने हुटहुटी रहेको बताउनु भयो ।उहाँले देशको समृद्धिका लागी जनयुद्धको गति लाई नछोडेर काम गर्ने इच्छा शक्ति हुँदा हुँदै पनि त्यस्तो बाताबरण नमिलेको बताउनु भयो ।

बुधबार साझ सल्यान उद्योग वाणिज्य संघ सल्यानले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै महासचिव विप्लवले २०६४ सालमा माओवादीलाई नेपाली जनताले दिएको जनमतलाई पकडन नसकेको बताउँनु भयो ।

उहाँले २०६४ को निर्वाचन शान्तिपूर्ण क्रान्ति भएको बताउँदै जनताले जुन आशा र विश्वासका साथ मत दिएका थिए त्यसलाई माओवादीले थेग्न नसकेको बताउनु भयो । त्यसलाई थेग्न नसक्नु नै माओवादीको ठूलो भूल भएको उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विप्लवले अरु पार्टीलाई गाली गर्नु भन्दा हाम्रो आफ्नै कमजोरीका कारण जनताले दिएको भारलाई थेग्न नसकेको बताउनु भयो ।
उहाँले बिकास निर्माणको गतिलो आधार सल्यान जिल्ला हुँदा पनि जनताले सोचे जतिको बिकास नहुनु सवैको दुर्भाग्य भएको बताउनु भयो ।जिल्लामा हुने उत्पादन र सल्यानको पहिचान लाई स्थापित गर्ने पर्यटनको क्षेत्रलाई टेवा पुर्‍यानको लागि मुख्य सडकको अवस्थानै जिर्ण रहेकाले यस तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो ।

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यालयमा देशको हितमा काम गर्नको लागि दृढताका साथ लागी परेका नेतालाई स्वागत गर्न पाउँदा आफुहरु खुसी भएको बताउनु भयो ।उहाँले जिल्लाको बिकासलाई बढवा दिन लागि पर्न समेत आग्रह गर्नु भयो ।यस्तै फरक प्रसङ्गमा सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले विप्लव पार्टी कृषि क्षेत्रमा उत्पादन संग जोडिएर काम गर्दै आएकाले सल्यानको बिकासमा टेवा पुग्ने र यहाँका युवाहरुलाई रोजगारमा जोड्ने खालको उद्योग स्थापना गरेर संचालनमा ल्याउनको लागि पहल गर्दिन आग्रह गर्नु भयो ।

सल्यान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके ) को स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा जिल्लाका उद्योगी,व्यापारी,व्यवसायी,राजनीतिक दलका नेता कार्यकर्ता,पत्रकार लगाएत सर्वसाधारणको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस