२७ माघ २०८१/ सुर्खेत
सुर्खेत बाट कोहलपुर तर्फ जादै गरेको बस बबईमा दुर्घटना भएको छ ।
सुर्खेत बाट भारतमा लागिरहेको कुम्भ मेलामा श्रद्वालुभक्तजन लिएर जाँदै गरेको यात्रुबाहक बस आइतबार रत्नराजमार्ग अन्तर्गत बबई पुलबाट तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनामा परेका केही घाइते र अन्य सकुशल रहेका छन् ।घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।