सल्यानमा साझा स्टोर्सको ग्राहक भेला सम्पन्न

२२ माघ २०८१/ सल्यान

सल्यानमा सिजि ग्रुप मोटरले ग्रहाक भेला गरेको छ ।

मंगलवार सल्यानको श्रीनगरमा,साझा स्टोर्स वीरेन्द्रनगर १२ पदमपुर सुर्खेतले आयोजना गरेको कार्यक्रममा सल्यान जिल्लामा रहेका विभिन्न प्रा.लि.मा आवद्ध व्यवसायीहरु र नयाँ गाडी खरिद गर्न चाहाने ग्राहकहरुको सहभागीता रहेको थियो ।

साझा स्टोर्स सुर्खेतका सन्चालक मदन खड्काले ग्रहाक भेला गर्नुको मुख्य उद्देश्य भनेको चौधरी ग्रुप अन्तर्गत, सिजि कम्पनीका केवाइसी इभि गाडीहरु आफ्नो स्टोर बाट सल्यानमा बिक्रि भएर संचालनमा आइरहेका र तिनै गाडीको अवस्था बुझ्न र नयाँ गाडी किन्न चाहाने ग्रहाकहरुलाई आफ्नो कम्पनीका गाडिको विशेषताहरु बुझाउनु रहेको बताउनु भयो ।खड्काले कार्यक्रममा सहभागी व्यवसायीहरुलाई गाडीमा देखिने समस्या समाधानको लागी आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।उहाँले आफ्नो भएको सम्पत्ति लाई बैंकमा धितो राखेर गाडी किन्ने व्यवसायीहरुको सहजताका लागी सल्यान लगाएत अन्य जिल्लामा यस्ता कार्यक्रमहरु गर्ने बताउनु भयो ।

साझा स्टोर्स सुर्खेत बाट आफुहरुले बिश्वसनियका साथ इभि गाडी अन्तर्गत केवाइसी,किङलुङ,रिडारा र डाइमन गाडीहरु बिक्री गर्दै आएको बताउनु भयो ।उहाँले समयको माग अनुसार इभि अटोहरु समेत बिक्री गर्दै आएको बताउनु भयो ।
पहाडी सडकहरुमा गुड्ने डिजेल गाडीहरु समेत आफुहरुले उपलब्ध गराउदै आएको र इभि गाडी किन्ने लहरमा नबुझेर गाडी नकिन्न सहभागीहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा सल्यान रुकुम यातायात प्रा.लि.सल्यानका अध्यक्ष अरविन्द कुमार राई,नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष सुदन श्रेष्ठ,सल्यान उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा( आरके) सल्यान मिनि माइक्रो यातायातका सन्चालक चिरञ्जीवी वली लगायत २ दर्जन व्यवसायी यातायातकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस