प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी निर्वाचित

२२ माघ २०८१/ सल्यान

प्रेस चौतारी नेपाल सल्यानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

मंगलवार सल्यान खलंगामा सम्पन्न सातौं अधिवेशन बाट भूम प्रकाश भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।जसको उपाध्यक्षमा वामदेव केसी, सचिव चुडामणि पिएम, र कोषाध्यक्षमा कुल बहादुर रेउले रहनु भएको छ ।

यस्तै अधिवेशन बाट धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली, पुर्णिमा डिसी सदस्य पदमा निर्वाचित हुनुभएको छ भने, अधिवेशन बाट केन्द्रीय परिषद सदस्यमा शंकर केसी र शिवा डांगी , प्रदेश परिषद सदस्यमा झक्कु प्रसाद शर्मा नोखिराम थापा बिक निर्वाचित हुनु भएको छ ।

प्रेस चौतारी नेपाल सल्यानका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सुरुभएको कार्यक्रममा बोल्दै,नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पत्रकारिता क्षेत्रलाई फराकिलो दायरामा बढाउनुपर्ने बताउनु भएको छ । उहाँले पत्रकारिता क्षेत्र संकुचित हुने अवस्था भएकोले यसलाई अब फराकिलो दायरा बनाउनुपर्नेमा जोडदिनु भयो । अध्यक्ष शाहले “सुचना प्रविधिले अहिले संसार हल्लाउन थालिसकेको र त्यस्लाई अझै बिकास गर्न सवैलाई आग्रह गर्नु भयो ।उहाँले नयाँ नेतृत्व लाई चलायमान सशक्त र जनपक्षीय पत्रकारीतामा लाग्न अनुरोध समेत गर्नु भयो ।

प्रेस चौतारीले एमालेको भातृ संगठनको रुपमा मात्रै काम नगरेर आम जनजीविका सवालमा सकारात्मक काम गर्नुपर्ने उनले सुझाव दिदै अध्यक्ष शाहले “प्रेस चौतारी एउटा इतिहास बोकेको संगठन भएकाले ,यसले एमालेको विचारधारालाई आत्मसात गर्दै जनतामा राम्रो सन्देश प्रवाह हुनेगरी आम जनजीविका सवालहरु उठाउनु पर्नेमा जोडदिनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेका सल्यान जिल्ला अध्यक्ष भिमबहादुर सेन,पार्टी सचीव पुष्पा कुमारी बोहरा,सहसचिव गणेशमान सिंह,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष घर्ती,संगठनका निर्वाचन आयोग सदस्य प्रेम राम्जा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संगठनका उपाध्यक्ष झक्कु प्रशाद शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सहसचिव नोखिराम थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस